२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

श्रावन ३ गते बिहिबारको वैदिक राशिफल

३ श्रावण २०८१, बिहीबार ०२:५०

साउन ३, काठमाडौँ | आजमिति २०८० साल श्रावन ३ गते बिहिबार तदअनुसार जुलाई १८ तारिख, नेपाल संवत ११४४  दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको द्धादशी तिथी, जेष्ठा नक्षत्र, शुक्ल योग छ । 

आज चन्द्रमा बृश्चिक राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आज समय ठिकै छ । दुर्घटना हुनसक्ने स्थानहरुबाट साबधानी अपनाउनुहोला । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय शुभ छ । प्रेम तथा दाम्पत्य जिवनमा रमाउने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ । स्वास्थ्यमा सुधार हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । शत्रुपक्ष सकृय हुनसक्छन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । दिनमा संघर्ष बढ्नसक्छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । खुशि मिल्नसक्ने समय छ । प्रेम तथा शैक्षीक क्षेत्रमा प्रगतिको समय छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय शुभ छ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय ठीक छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आम्दानीको नयाँ श्रोत भेटिनसक्ने योग बनेको छ । आँट र साहस बढ्नेछ । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । कमाउने समय छ तर खर्चमा नियन्त्रण गर्नुहोला । समस्या नजीक आउनसक्छन् धैर्यताका साथ समाधान गर्नुहोला । परिवारिक माहोल राम्रो रहनेछ । प्रेम तथा परिवारमा अनावश्यक झगडा गर्नबाट बच्नुहोस । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । जोखिमको यात्रा तथा काम नगर्नुनै बेस हुनेछ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको अवसर आउनसक्छ । स्वास्थ्य सबल रहने छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय ठीकै छ । अनावश्यक टेन्सनबाट बच्नुहोला । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय मध्यम छ । काममा व्यस्त रहनुस तर कार्यस्थलमा हुनसक्ने सामान्य झमेलाबाट बच्नुहोला । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ |

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो छ । केहि नयाँ ठाउँमा लगानी गर्दै हुनुहुन्छ भने विचार गर्ने समय छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

पुनश्च ः राशिफलमा जेजस्तो बताएतापनि चन्द्र राशि भनेको तपाँईको जन्म समयमा चन्द्रमा बसेको राशीको आधारमा हालका चन्द्र ग्रहगोचरले पार्नसक्ने प्रभावलाई वताईएको हो । जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरुको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलार्य राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने