६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अन्तर्वार्ता

समायोजन प्रकृया तदारुकता साथ टुङ्गयाउन पहल गर्छौ: सभापति सिंह

१२ चैत्र २०७५, मंगलवार १७:०३

चैत १२, कंचनपुर | लामो आन्दोलनको बलबाट  २०६७ स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालय मा पहिलो पटक आठौँ बर्षमा गएर विश्वविद्यालयले प्राध्यापक संघ पाएको छ । प्राध्यापक संघको निर्वाचनबाट केन्द्रिय क्याम्पसका ग्रामिण बिकासका उप प्राध्यापक बिर बहादुर सिंह सभापतिमा निर्वाचित हुनु भएको  छ । उहाँसंग विश्वविद्यायलयको समसामयीक बिषयमा पत्रकार मदन राज जोशीले गरेको कुराकानी ।   

सु प. वि प्राध्यापक संघ तदर्थ समितिको सयोजक वाट सु. प. वि प्राध्यापक संघको निर्वाचित सभापतिको रुपमा नेतृत्व गर्न अवसर प्राप्त भएको छ, तपाईलाई कस्तो लागेको छ ?

सू. प. वि.वि. प्राध्यापक संघको प्रथम अधिविशनवाट साथीहरुले मलाई विश्वविद्यालयको सभापति जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएको छ । यस अवसरमा म सम्पूर्ण प्राध्यापक ज्यूहरु लगायत सवै सहयोगी एवं शुभच्छुेक मित्रलाई हार्दिक धन्यवाद दिन चाहन्छु । प्राध्यापक सर र म्याडमहरुले मलाई एउटा महत्वपूर्ण जिम्मेवारीमा पु¥याउनु भएको छ । मैले पाएको जिम्मेवारी इमानदारीका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । कर्तब्य विमुख नभै उच्च मनोवलका साथ विश्व विद्यालयको सर्वोतम हितलाई ध्यानमा राखि आपसी सहकार्यका आधारमा रचनात्मक कार्यमा लागि रहने छु ।

सु.प.विश्वविद्यालयको ऐन र नियमावलीमा प्राध्यापकहरुको साझा संगठनको रुपमा प्राध्यापक संघको व्यवस्था गरेको छ । विश्व विद्यालयमा प्राध्यापक संघको  भुमिका एव दायित्व कस्तो रहन्छ ?

सु. प. वि विश्वविद्यालयको ऐन एंव नियमावलिले विश्व विद्यालयमा प्राध्यापक संघको व्यवस्था गरेको छ । प्राध्यापक संघको मुख्य भूमिका भनेको विश्व विद्यालयका शिक्षकहरुको पेशागत हकहित र प्राज्ञिक उन्नयनको लागि आवश्यक कार्य गर्नु नै हो । शिक्षकहरु विश्व विद्यालयको मुख्य पक्ष भएकोले विश्व विद्यालयको शैक्षिक एवं प्रशासनिक वातावरण अनुकुल वनाइ राख्न र गुणस्तरिय उच्च शिक्षा प्रदान गरि योग्य जनशक्तिको उत्पादन गर्नु मा हाम्रो भुमिका रहेने छ । यसका साथै आवश्यक अन्य कार्यमा समेत प्राध्यापक संघको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका भइ नै हाल्छ ।

 सु. प. वि विद्यालयमा दुई वटा प्राध्यापक संघ केन्द्रिय समिति र यस मातहतको अधिकांश क्याम्पसमा दुइ–दुइ वटा प्राध्यापक संघ एकाई समिति गठन भएका छन । यसले प्राध्यापक संघको वैधता र आधिकारिकताको सम्वन्धमा अन्योलता ल्याएको छ । यस वारेमा के भन्नु हुन्छ ?

 तपाईले भनेको ठिकै हो । अहिले प्राध्यापक संघको वैधतता र आधिकारिका सम्वन्धमा विवाद चलिरहेको छ । मेरो नेतृत्वमा सु.प.वि.वि. प्राध्यापक संघ गठन भइ सकेपछि केहि साथीहरुले दुइ दिन पछि अर्को समान्तर प्राध्यापक संघ गठन गरेको सुन्नमा आएको छ । तत्कालिन समयमा  प्रिन्सिपलले गरेको शिक्षक तथा कर्मचारीको नियुक्तलाई वदर गराउन वनेको कार्यदल आज आएर विश्व विद्यालयको ऐन र नियमावलीलाई पूर्णरुपमा वेवास्ता गर्दै धज्जी उडाउदै लहडमा गठन भएको प्राध्यापक संघ प्रकृया र वैद्धताको कसिमा खरो भएको दावि गर्दैछ यो भन्दा हाँस्यस्पद के हुन सक्छ र ? विश्वविद्यालयको ऐन र नियमावलि वमोजिम नवनेको प्राध्यापक संघ कसरी वैध र आधीकारीक हुन्छ ? सवै कुरा जाने वुझेका विद्वान मित्रहरुमा यस्तो बालहट देखा पर्नु राम्रो संकेत होइन । यो प्रवृतिले विश्वविद्यालयलाई सहि दिशा अवलम्बन गर्न सघाउदैन ।

 तपाइकै केहि साथीले वनायको अर्को समानान्तर प्राध्यापक संघले आफ्नो गठन नेपाल प्राध्यापक संघको सल्लाह र निर्देशनमा भएकोले वैध र आधिकारिक प्राध्यापक संघ भनि दावि गर्दै छन, यसमा तपाईकोे केही भन्नु छ ?

 राज्य होस् या कुनै पनि संघसंस्था निश्चित ऐन नियम, विधिविधान र प्रक्रया मार्फत संचालन भइरहेका छन् र हुनु पनि पर्छ । अहिले को लोकतान्त्रिक राज्यले कानूनी राज्यको परिकलपना गरेको छ । कानूनको सर्वोच्चता स्विकारेको छ । त्यस्तो भन्ने मित्रहरुलाई के निवेदन गर्न चाहन्छु भने विश्वविद्यालयको ऐन र नियममा प्राध्यापक संघको गठन र संचालन नेपाल प्राध्यापक संघको सल्लाह र निर्देशनमा हुने छ भनि लेखेको छ भने देखाइ दिनुहोस् तर उहाँहरुको तर्क दावा भन्दा फरक व्यवस्था विश्वविद्यालयको ऐन र नियमावलीमा गरेको छ र उहाँहरुले वैध भनेको प्राध्यापक संघ विश्वविद्यालयको एन र नियमावली वमोजिम गठन भएको छैन । विश्वविद्यालय प्राध्यापक संघको गठन कुनै हालतमा सम्बन्धित व्यक्तिको अन्तनिहीत अभिष्ट पुरा गर्नको लागि हुन सक्तैन । एकातिर प्राध्यापक संघले विश्वविद्यालयमा देखिएका सबै खाले विसंगति र विकृतीलाई हटाउन भुमिका खेल्ने छ भन्ने अर्को तिर ऐन र नियमलाई धोति लगाएर स्वार्थ पूर्तिको खातिर प्राध्यापक संघ गठन गर्दा विश्वद्यिालयको विकृति र विसंगतिको स्रोत नै आफै भएको देखिन्छ त्यसो कार्य नगर्नलाई हामी संग असहमती राख्ने विद्वानमित्रहरुलाई विनम्रताका साथ अनुरोध गर्दछौं ।

तपाईहरु विच जस्तो सुकै विवाद देखिए पनि विश्वविद्यालयमा गठन भएका दुइवटै प्राध्यापक संघलाई  सम्बन्धीत निकायले कसरी आधिकारीकता एवं मान्यता दिन्छ होला ? तपाइको विचारमा यो विवादलाई सामाधान गर्न के–के गर्न सकिन्छ ?

 विश्वविद्यालयको जुनसुकै निकाय एवं अधिकारी पनि विश्वविद्यालयको ऐन, नियमावली र कार्यविधी वमोजिम गठन एंव नियुक्त भएकोले ऐन र नियामावलीले एउटै प्रध्यापक संघको व्यवस्था गरेकोले दुइ वटा प्राध्यापक संघलाई आधिकारीकता एवं मान्यता दिन सकिदैन । मिल्नुको विकल्प छैन । तसर्थ हामीसग असहमत हुने मित्रहरुलाई सर्वप्रथम अहमता र दम्भलाई त्यागि वार्ता र छलफलमा आउन अनुरोध गर्दछौं ।

उहाहरुलाई साच्चै यो विवादलाई मिलाउने इच्छा छ भने आउनुहोस् छलफल गरौ दुवै पक्षलाई मान्य हुने गरी निश्कर्ष निकालौ ।

मेरो विचारमा विश्वविद्यालयको ऐन र नियमावलीमा उल्लेख गरिएको व्यवस्था वमोजिम पहिला प्राध्यपक संघको गठन र संचालन सम्वन्धमा कार्यविधि वनाऊ, तत्पश्चात सोहि वमोजिम प्राध्यापक संघ गठन गरौं  यो नै वैधानिक र आधिकारिक प्राध्यापक संघ गठन गर्ने उपयुक्त मार्गचित्र हो ।

 विश्वद्यिालयमा सुदूरपश्चिमका कैलाली बहुमुखी क्यामपस लगायत १४ वटा क्याम्पसको समग्र समायोजनको सम्वन्धमा तपाइको धारणा के छ ?

 सु.प.विश्वविद्यालयको स्थापना ऐन बमोजिम २०६७ सालमा भएको हो । यसले स्थापनाकाल देखि नै विश्वविद्यालयको विकास र विस्तारको सवालमा विभिन्न खाले वाधा अड्चन व्योहरदै आएको छ । विश्वविद्यालयको ऐनमा नेपाल सरकारवाट अनुदान प्राप्त गरि त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा कञ्चनपूर जिल्लाको भी.न.पा. १८ मा संचालित सिद्धनाथ विज्ञान क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पस सिद्धनाथ वहुमुखी क्याम्पसलाई सयुक्त रुपमा समावेश गरि सोहि परिसरमा यो विश्व विद्यालयको स्थापना गरिने छ भनेको छ तर विडम्वना हालको मिति सम्म सिद्धानाथ विज्ञान क्याम्पसलाई ऐन वमोजिम समायोजन गर्न सकिएको छैन । लामो समयसम्म सु.प. विश्वविद्यालयको एक मात्र क्याम्पसको रुपमा त्रि.वि.वि.को सम्वन्धन प्राप्त क्याम्पस सिद्धनाथ वहुमुखि क्याम्पस रहेको सन्दर्भमा मिति ०७५।४।१ देखि सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाको १४ वटा क्याम्पसहरु आंगिक क्याम्पसको रुपमा समायोजनको प्रकृ्रयामा छन । नेपाल सरकारले कैलाली वहुमुखी क्याम्पस लगायत १५ वटै क्याम्पसको लागि ४४४ दरवन्दी स्विकृत गरेको छ । सो दरवन्दी मध्ये शिक्षक तर्फ ३१४ र कर्मचारी तर्फ १३० रहेका छन् । ४४४ दरवन्दी मध्ये २१७ जना शिक्षक र ७५ जना कर्मचारी समायोजन भइ सकेका छन् । वाँकि स्विकृत दरवन्दीमा कैलाली वहुमुखी क्याम्पसको शिक्षकको दरवन्दी ७३ छ भने कर्मचारीको ३७ रहेका छन् । आजको मिति सम्म कैलाली वहुमुखी क्याम्पसले औपचारिक रुपमा समायोजन प्रकृयामा सहभागी भएको छैन । कैलाली बहुमुखि क्याम्पसलाई छिटो भन्दा छिटो समायोजन गर्नका लागि मेरो नेतृत्वको प्राध्यापक संध केन्द्रिय समिति र प्रत्येक क्याम्पसमा रहेका प्राध्यापक संध एकाइ समितिले  आवश्यक प्रभावकारी भूमिका निर्वाह गर्ने छ । १४ वटा क्याम्पसमा समायोजनको नियुक्त पाउन वाकि रहेका २४ जना शिक्षक र १८ जना कर्मचारीलाई यथाशिघ्र समायोजनको नियुक्त दिन माग गरेका छौ । मेरो नेतृत्वको प्राध्यापक संघले कैलाली वहुमुखी क्याम्पस लगायत १४ वटै क्याम्पसको समायोजन प्रकृयालाई तदारुकताको साथ टुङ्गाई शैक्षिक वातावरणको निर्माण गर्न विश्वविद्यालयको कुलपति, सहकुलपति, उपकुलपति र रजिष्टार लाई भेटि ज्ञापन पत्र दिने कार्य सम्मपन्न गरेका छौ ।

समग्र समायोजन प्रकृयालाई विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई न्याय हुने गरि सम्पन्न गर्नु पर्छ भन्ने धारणा मेरो र म नेतृत्वको प्राध्यापक संघको रहि आएको छ ।

 सु.प. वि. विधालयका प्राध्यापकहरुको समस्या र चुनौति के कस्ता रहेका छन् सो निवारण गर्न तपाइको के पहल रहने छ ?

 कैलाली वहुमुखी क्याम्पस लगायतका सुदूरपश्चिमका १४ क्याम्पसको समायोजन प्रक्रया पेचिलो वन्दै गएको जस्तो देखिन्छ । विश्वविद्यालयको उपकुलपती र रजिष्टार निलम्वनमा परे पछि विश्व विद्यालयमा प्राध्यापकहरुको समस्या एवं चुनौतिको चाङ्ग लागेको छ । विश्व विद्यालयमा अन्योलता र अनिश्चिताको वादल मडारियको छ जसको असर प्राध्यापकहरुको पेशागत जिवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा परेको छ । विश्वविद्यालयमा पदाधिकारी रिक्तताले गर्दा विश्वविद्यालयको क्याम्पसहरुमा हुने अध्ययन कार्य वाहेक अन्य गति विधिहरुमा विस्तारै कमि आउदै गएको छ । विश्वविद्यालय वर्तमान समयमा नेतृत्व विहनताको अवस्थामा छ जसले गर्दा विश्वविद्यालयमा अन्योलता अस्तव्यस्तता र अराजकता मौलाउदै गइरहेको छ जसको प्रत्यक्ष शिकार प्राध्यापकहरु बनेका छन् । तसर्थ यथासिघ्र पदाधिकारीको सम्बन्धमा एउटा उचित निर्णयमा पुगी विश्वविद्यालयमा भएका पदाधिकारी रिक्तताको अन्त गर्न कुलपति र सहकुलपति समेत ज्ञापन पत्र बुझाएका छौं ।

सु.प.वि.विद्यालयमा आगिक क्याम्पसको रुपमा समायोजन भएका १४ वटा क्याम्पसको शिक्षक तथा कर्मचारीहरुले १० महिना सम्मको तलव भत्ता नपाएको अवस्था छ भोको पेटले कति दिन काम गर्न सकिन्छ र ? विश्वविद्यालयका आंगिक क्याम्पसमा समायोजनको नियुक्ति नपाएका प्राध्यापकहरुको पेशागत जीवन अध्यारो तिर धकालिएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा विगत लामो समय देखि प्राध्यापनरथ प्राध्यापकहरुको स्थायित्वको प्रकृ्रया ओझेलमा परेको छ जसले गर्दा उहाँहरुमा पेशागत सुरुक्षाको प्रत्याभूति कम हुदै गएको छ ।

कतिपय क्याम्पसहरुको भौतिक अवस्था नाजुक रहेको छ, परिणाम स्वरुप पठनपाठन कार्य सहज ढंगले सम्पन्न गर्न प्राध्यापकहरुलाई अप्ठयारो भएको छ । विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको अवकाश पछि पेन्सन तथा उपदानको सम्वन्धमा विश्व विद्यालय मौन रहेको देखिन्छ ।

प्राध्यापकहरुको क्षमता अभिवृद्धि तथा पेशागत विकासको लागि आवश्यक, अभिमुखिकरण कार्यक्रम, अध्ययन तथा अनुसन्धनात्मक क्रियाकलापको व्यवस्था भएको छैन । यि सवै खाले समस्याहरुको सामाधानको लागि हामीले सम्वन्धित निकायसंग वहस प्रभावकारी वहस, पैरवि र पहल गरीरहेका छौ ।

 विश्वविद्यालयका प्राध्यापकहरु टयुसन कोचिङ्ग कलास देखि नीजि लगायतका शैक्षिक संस्थाहरुमा काम गर्न गइरहेका छन् , यो सम्वन्धमा तपाईले नेतृत्व गरेको प्राध्यापक संघको धारणा के हो ?

 विश्व विद्यालयले तोकेको समय वाहेक अन्य समयमा प्राध्यापकहरुले आफ्नो सिप र श्रमलाई आ–आफ्नो स्तर अनुसार खपत गर्न विश्वविद्यालयको ऐन नियमावलीले वन्देज लगाएको छैन तथापि दोहोरो प्राध्यापनलाई उचित व्यवस्थापन गर्न नसक्दा विश्वविद्यालयको शैक्षिक वातावरणमा प्रतिकुल असर परेको देखिन्छ । दोहोरो प्राध्यापनलाई व्यवस्थापन गर्ने सम्वन्धमा कुनै पनि शिक्षकको फरक मत छैन होला यसमा सवै एक मत हुन आवश्यक छ ।

विश्वविद्यालय वाहेकका शैक्षिक संस्थामा पूर्णकालिन शिक्षण कार्य वा पदाधिकारी भएर वस्नु स्वयं प्राध्यापकको लागि त्यति शोभनिय हुदैन । प्राध्यापकले आफ्नो नैतिक धरातल मजवुद राख्नु पर्छ  । अन्य शैक्षिक संस्थामा गरिने शिक्षण कार्यलाई विश्वविद्यालयको सम्वन्धित निकायले अनुगमन र नियन्त्रण गरोस दोहोरो प्रध्यापनलाई वेवस्थीत गर्नका लागि कार्य विधि बनाइ लागु गरियोस् यसमा हाम्रो पनि रचनात्मक सहयोग र साथ रहन्छ ।

 विश्वविद्यालयमा विद्यार्थीले पाठयक्रम देखि पाठय पुस्तक लगायत आवश्यक शैक्षिक सामाग्रीको अभावको समस्या भोगि रहेका छन् यो समस्या कसरी समाधान गर्न सकिन्छ होला ?

 विश्व विद्यालय स्थापना भएको केहि वर्ष मात्र भएको छ । सुरुवाति दिनहरुमा यस्ता खालको समस्या प्रत्येक विश्व विद्यालयले भोगेको पाइन्छ । यो क्रमश ः समाधान हुदै जान्छ ।

अहिले पाठयक्रम पूर्णरुपमा निमार्ण भइसकेका छन् र प्रत्येक विषयको पाठयक्रम पुस्तक पसलमा पनि उपलब्ध हुने व्यवस्था गरिनु पर्छ । विश्वविद्यालयको विकास र विस्तार भई १५ वटा क्याम्पसमा पठन पाठन संचालन भइरहेको अवस्थामा पाठय पुस्तक लेखनको कार्यलाई दुर्त गतिमा अगाडि वढाउनु पर्छ । अन्य शैक्षिक सामाग्रीको उचित व्यवस्था गर्न विभागिय लाइव्रेरी को स्थापना गरिनु पर्छ । यो कार्यमा विश्व विद्यालयले सहयोगी भूमिका निवार्ह गर्न पर्छ ।

मैले सोध्न छुटेको र तपाईले भन्न छुटेको केहि छ ?

 सवै विषय वस्तुको वारेमा सामन्यतया छलफल भई सकेको छ । अत्यमा  विश्वविद्यालयको विकास र विस्तारलाई गति दिन र नमुना विश्वविद्यालयको रुपमा चिनाउन हामी सबैले धेरै मेहनत गर्नु पर्छ । विश्व विद्यालयमा हुने कार्यमा सवैको सक्रिय सहभागिता र एकता आवश्यक छ । विश्वविद्यालयको सरोकारवाला विचको मजबुत एकता सहितको सकरात्मक सामुहिक सहकार्य बाट मात्रै सुप विश्वविद्यालयको दिगो विकास गर्न सकिन्छ भन्नेमा म पुर्ण विश्वस्त छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक