२५ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकी अदालतमा ममता काफ्ले प्रकरण: नरेश धरौटीमा छुट्न पाउनेबारे फेरि सुनवाइ तय, मुद्दाको छिनोफानो ५ महिनाभित्रै हुनुपर्ने

२ आश्विन २०८१, बुधबार ०७:०८

असोज २, काठमाडौं । अमेरिकाको प्रिन्स विलियम काउन्टी कोर्टले ममता काफ्लेको मुद्दामा प्रतिवादी नरेश भट्टका पक्षमा निर्णय लिँदै आएको छ। नरेश भट्टलाई हत्याको अभियोगमा दोषी ठहर गर्न ठोस प्रमाणहरू अभाव भएको भन्दै अदालतले मुद्दालाई ‘स्पिडी ट्रायल’ प्रक्रियामा राखेको छ। 

नरेश पक्षको माग अनुसार यो मुद्दा ‘स्पिडी ट्रायल’ को प्रक्रियामा गइसकेको छ । यो प्रक्रियामा जाँदा ५ महिनाभित्रै मुद्दाको छिनोफानो भइसक्नु पर्छ । प्रमाण जुटाउन बाँकी रहेकाले सरकारी वकिलहरू मुद्दालाई लम्ब्याउन चाहन्थे । 

नरेशका वकिलहरू भने छिटो फैसला होस भन्ने पक्षमा थिए । अदालतले नरेशका वकिलहरूको माग बमोजिम निर्णय लिएको छ ।

अन्तिम सुनवाइ कहिले गर्ने भनेर अस्ति १६ तारिखमा एउटा मोसन हियरिङ राखिएको थियो । उक्त सुनवाइमा सरकारी वकिलले जनवरीको अन्तिम वा फेब्रुअरीमा राख्न माग गरे ।

५ महिने डेडलाइनको अन्तिमतिर सुनवाइ राख्दा सबै प्रमाणहरू संकलन गर्न आफूहरूलाई सहज हुने उनीहरूको भनाइ थियो ।

यता नरेश भट्टका वकिलहरूले भने नोभेम्बर वा डिसेम्बरभित्रै सुनवाइ हुनुपर्नेमा जोड दिएका थिए । अभियोग पुष्टि हुने ठोस प्रमाण नभएकाले नरेशलाई धेरै थुनामा राखिरहन नहुने उनीहरूको तर्क छ । 

जसलाई अदालतले मानेर डिसेम्बर ९, १०, ११, १६, १७ र १८ तारिखलाई सुनवाइको मिति तोकेको छ। ममताका वकिलहरू भने यी मितिहरूप्रति असन्तुष्ट छन्, किनकि उनीहरूलाई सबै प्रमाणहरू संकलन गर्न थप समय आवश्यक थियो।


नरेशका वकिलहरूले राखेको अर्को माग पनि अदालतले पूरा गरिदिएको छ । उनीहरूको नयाँ माग थियो, नरेशलाई धरौटीमा छोड्ने विषयमा फेरि सुनवाइ राख्नुपर्ने । अदालतले उनीहरूको मागेबमोजिम ममता कार्यालयबाट निस्किँदै गर्दाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको थियो । त्यस आधारमा नरेश भट्टका वकिलले ममता ज्यूँदै रहेको भन्दै नरेश धरौटीमा छुट्नुपर्ने माग राखेका हुन् । यो मागलाई सदर गर्दै अदालतले २९ तारिखमा अर्को मोसन हियरिङ बोलाएको छ ।

यसअघि अदालतले नरेशको बोन्ड अपिल खारेज गरेको थियो । उनीबाट भाग्न सक्ने र अरूलाई जोखिममा पार्न सक्ने भन्दै न्यायाधीशले धरौटीमा छोड्न अस्वीकार गरेका थिए । तर, फेरि एक पटक यही विषयमा सुनवाइ हुने भएको छ ।

यो मुद्दा हाल ममता काफ्लेको हत्यासँग सम्बन्धित नभएर लास बेपत्ता पारिएको सम्बन्धमा रहेको छ। यदि दोषी प्रमाणित भएमा नरेशलाई एकदेखि पाँच वर्ष जेल सजाय र २५ सय डलरसम्म जरिवाना हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो: डीपी अर्याल ‘एनपीएल’ विवाद: सर्वोच्चले अन्तरिम आदेश नदिएपछि एनपीएल आयोजना गर्न बाटो खुला सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त सिंहदरबारभित्रै विरोध प्रदर्शनमा उत्रिए कर्मचारी अमेरिकामा भूपेन्द्रले जिते २ रजत पक्राउ परेपछि लिलाबल्लभको प्रतिक्रिया– म अनुसन्धानलाई सहयोग पुर्‍याउन हिँडे रवि पक्राउ पर्दा रास्वपाले अनावश्यक हो-हल्ला गरेको देउवाको आरोप मेस्सीको गोलका बाबजुद प्लेअफबाटै बाहिरियो मियामी जापान प्रकरण: कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ एनपीएल रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर, के रोकिएला एनपीएल? रवि लामिछानेलाई चौथोपटक अदालत लगियो, म्याद थप होला ?