2026-09-19 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर, के रोकिएला एनपीएल?

काठमाडौँ | नेपाल प्रिमियर लिग क्रिकेट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गरेका हुन्।

अख्तरले क्यानको आयोजनामा हुन लागेको ‘नेपाल प्रिमियर लिग’ आफ्नो नाममा दर्ता भएको दाबी गर्दै आइरहेका छन् । यसअघि उनले नेपाल प्रिमियर लिगको नामको विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

उनको रिट आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको छ। उनले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघले सहमति गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका छन्।

उनले यसअघि आफूसँग सहमति नगरी नेपाल प्रिमियर लिग सञ्चालन नगर्न क्यानलाई आमिर अख्तरको चेतावनी दिएका थिए । तर क्यानले आफ्नै तरिकाले एनपिएलको तयारी अघि बढाएको थियो । प्रतियोगिता आगामी मङ्सिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुने भनिएको छ ।

यदि सर्वोच्चले एकतर्फी सुनुवाइ गरेर अन्तरिम आदेश जारी गरेमा एनपिएल रोकिने छ। तर सर्वोच्चले अन्तरिम आदेशमा रोक्नुपर्ने कारण र आधार भने खुलाउने छ। सर्वोच्चले यो नगरी दुवै पक्षलाई छिटै छलफलमा बोलाएर उक्त अवधिसम्म अन्तरकालीन आदेश जारी गर्न पनि सक्छ । यस्तो आदेश जारी गरेमा एनपिएलका कुनै पनि काम रोकिने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह