४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

क्रोएसिया, माल्टा र रोमानिया पठाइदिने भन्दै बिज्ञापन गर्ने कन्सल्टेन्सीमा छापा (भिडियो सहित)

२५ जेष्ठ २०८०, बिहीबार १५:०१

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ । 

शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मारिएको कन्सल्टेन्सीले जानकारी दिएको छ । बिभागले आफैले सामाजिक संजालमा उक्त कन्सल्टेन्सीले अवैध क्रियाकलाप गरेको भेटेको जानकारी दिएको छ । छापा मार्ने क्रममा उक्त कन्सल्टेन्सीबाट माल्टा, क्रोएसिया र रोमानिया रोजगारमा पठाउने विवरणहरु बरामद भएको छ । 


बिभागका अनुसन्धान अधिकृत धर्मराज लम्साल नेतृत्वको टोलीले उक्त कन्सल्टेन्सीमा छापा मार्ने क्रममा तीन थान डिमाण्डको फाइल, तीन थान ल्यापटप र एक थान रकम लिएको उल्लेख गरिएको रसिदको प्याड बरामद गरि बिभागमा अनुसन्धानको लागि ल्याएको छ । उक्त कन्सल्टेन्सीलाई पैसा बुझाएर वैदेशिक रोजगारमा जान प्रलोभनमा परेकाहरुले बिभागमा आई उजुरी दिन समेत वैदेशिक रोजगार बिभागले पीडितहरुलाई आग्रह गरेको छ । 


बिभागका अनुगमन अधिकृत धर्मराज लम्सालले पछिल्लो समय वैदेशिक रोजगारको प्रलोभनमा बिभिन्न अवैध कन्सल्टेन्सीको सक्रियता बढ्दै गएको प्रति बिभागको चासो बढेको बताएका छन् । कन्सल्टेन्सीहरुले टिकटक तथा फेसबुकको प्रयोग गरि अन्धाधुन्द अवैधानिक सूचना दिएको बिषयमा बिभागले नियमित कारवाही गर्ने लम्सालले चेतावनी दिएका छन् । उनका अनुसार छापा मारिएको कन्सल्टेन्सीले कम्तिमा ५० हजारदेखि एक लाख अग्रिम अशुली गर्ने प्रमाण समेत फेला परेको जनाएका छन् । 

आइतबार वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहालले सामाजिक संजालमा गरिएको अवैध बिज्ञापनप्रति बिभागको ध्यानाकर्षण भएको भन्दै त्यसखाले प्रवृति बिरुद्ध कदम चालिने बताएका थिए । महानिर्देशक दाहालले वैदेशिक रोजगारको प्रलोभनमा हुने सबैखाले बेथितिलाई नियन्त्रण गर्न बिभाग सक्रिय हुने बताएका छन् । 

सम्बन्धित भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल