2026-10-14 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध

फेल्डा रोजगार अन्तर्गत भर्ती प्रक्रिया शून्य-शुल्क भर्ती नीति नपछ्याएको, कामदारहरूले तिर्ने रकमको रसिद नदिने पुष्टि भएको, रोजगारदाता प्रतिनिधिहरूद्वारा अन्तर्वार्ताबिनै पास गरिने भन्दै अन्तर्वार्ता अगावै रकम अशुली भएको, मलेसिया जाने हवाई भाडा महँगो हुने भन्दै लागत बढ्ने कारण देखाइएको, फेल्डाबाट अन्तर्वार्ता लिन आउने प्रतिनिधिहरुलाई नेपाल बस्दा मनोरंजन गराउनुपर्ने लगायत बिबिध कारण देखाई रकम धेरै लाग्ने अवस्था देखाईएको छ ।

काठमाडौँ । नेपालबाट १२ सय नेपाली कामदार लैजान प्रक्रिया भईरहेको अवस्थामा मलेसिया स्थित प्रतिष्ठित फेल्डा प्लान्टेसनको अन्तर्वार्ता प्रक्रिया रद्द भएको छ । कामदार भर्ना प्रक्रियामा बिबिध संकास्पद गतिबिधि भएपछि बिभिन्न म्यानपावरमा जनवरी ११ देखि जनवरी २१ सम्म तय भएका अन्तर्वार्ता प्रक्रिया रोकिएको हो ।

स्रोतका अनुसार नेपालमा फेल्डा प्लान्टेसन अन्तर्गतका सबै भर्ना प्रक्रिया तत्कालको लागि रद्द गरिएको छ । केहि म्यानपावर स्रोतले समेत यसको पुष्टि गरेका छन् । फेल्डा स्थित मलेसिया रोजगारमा कामदार लैजाने प्रक्रियामा सुरुवातदेखिनै अपारदर्शी गतिबिधि भएको रिपोर्ट प्राप्त भएको थियो । रोजगारदाता कम्पनीले नेपालबाट कामदार ल्याउन निश्चित कमिसन दिएको भएपनि मलेसिया स्थित बिचौलिया एजेन्टहरुले रोजगारदाता कम्पनीकै केहि भ्रष्ट अधिकारीहरु सहितको मिलिमतोमा नेपालका एजेन्सीहरुसँग प्रति कामदार पैसा अशुलेको आरोप लागेको छ । यसरी नेपालका एजेन्सीहरुले डिमाण्ड किनेर ल्याउँदा नेपालबाट रोजगारमा जोडिने कामदारसँग चर्को लागत अशुली हुने अवस्था रहेको भन्दै ध्यानाकर्षण भएका छन् । साथै मलेसियाली एजेन्टहरूलाई नेपालका म्यानपावर एजेन्टबाट गएको सबै ठूलो रकम फिर्ता गर्ने सम्बन्धमा समेत ध्यानाकर्षण गराएको छ ।

रोजगार प्रक्रियाको सम्बन्धमा गम्भीर प्रश्न उठेसँगै फेल्डा प्लान्टेसनको नेपालमा हुने भर्ना प्रक्रियाको तेस्रो पक्षले अडिट गर्नुपर्ने विषय उठेको छ । म्यानपावरहरुले फेल्डा प्लान्टेसनमा कामदार माग भएको सम्बन्धमा गरेको बिज्ञापनलाई समेत मुख्य मुद्धा बनेको छ । रोजगारको बिज्ञापन गर्दा भर्ती एजेन्सीहरूले प्रकाशित गरेका विज्ञापनहरूमा कामदारसँग लिईने शुल्क र लागतहरूको बारेमा स्पष्ट नभएको ध्यानाकर्षण भएको छ । साथै डिमाण्ड प्राप्त गरेका बिभिन्न म्यानपावर कम्पनीहरुले चर्को लागत लिन लागेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ । रोजगारमा जोडिने कामदारसँग चार लाखसम्म शुल्क मागिएको रिपोर्ट फेल्डाले पाएको छ । अर्को तर्फ कामदारलाई सिधा म्यानपावरमा प्रवेश नदिईएको, अबैध एजेन्टहरु मार्फत पुगेका कामदारहरु मात्र रोजगारमा जोड्न स्वीकार गरिएको सम्बन्धमा ध्यनाकर्षण गराइएको छ ।

साथै रिपोर्ट अनुसार फेल्डा रोजगार अन्तर्गत भर्ती प्रक्रिया शून्य-शुल्क भर्ती नीति नपछ्याएको, कामदारहरूले तिर्ने रकमको रसिद नदिने पुष्टि भएको, रोजगारदाता प्रतिनिधिहरूद्वारा अन्तर्वार्ताबिनै पास गरिने भन्दै अन्तर्वार्ता अगावै रकम अशुली भएको, मलेसिया जाने हवाई भाडा महँगो हुने भन्दै लागत बढ्ने कारण देखाइएको, फेल्डाबाट अन्तर्वार्ता लिन आउने प्रतिनिधिहरुलाई नेपाल बस्दा मनोरंजन गराउनुपर्ने लगायत बिबिध कारण देखाई रकम धेरै लाग्ने अवस्था देखाईएको छ ।

रोजगार भर्ना प्रक्रिया पारदर्शी नभएको विषयले मात्र फेल्डा प्लान्टेसनको डिमाण्डलाई प्रभावित गरेको छैन । अर्को तर्फ प्लान्टेसनमा काम गर्न पनि तीन-चार लाख मागिएको भन्दै एजेन्टहरुबाटै जोडिएका युवाहरुले बिरोध गरिरहेको पाइएको छ । प्रतिष्पर्धा बिनै एजेन्टहरुको आफ्नो मान्छे मात्र रोजगारमा जोड्न खोज्दा रोजगारदातालाई ठूलो च्यालेन्ज हुने बताइएको छ । त्यसो त चर्को लागत मागेको कारण कामदार भर्तिको जिम्मा पाएका केहि कम्पनीले प्रयाप्त कामदार पाउन नसकेको पाइएको छ । जसको कारण त्यस्ता म्यानपावरहरुले रोजगारदातासँग थप समय मागेको पाइएको छ ।

वैदेशिक रोजगारमा कामदार जोड्दा लागत महँगो हुनुमा रोजगारदाताको कमजोरीसंगै नेपालका एजेन्सीहरुबीच डिमाण्ड किन्ने होडबाजी मुख्य कारक हो । रोजगारदाताले सिधा नेपालका एजेन्सीहरुलाई डिमाण्ड नदिएको, फेल्डाकै केहि भर्ति अधिकारीहरु भ्रष्ट भएको र जिम्मेवारी दिएको एजेन्सीहरुलाई लागतको सम्बन्धमा उत्तरदायी नबनाएको आरोप छ । मलेसियाका एजेन्टले नेपालका म्यानपावरहरुलाई कमिसन तिर्न अस्वस्थ अफर गरेपछि लागत बढेको बताइएको छ । अस्वस्थ्य गतिबिधि रोक्न मलेसिया स्थित रोजगारदातानै मुख्य जिम्मेवार बन्नुपर्ने नेपालका म्यानपावर व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने