समाज | काठमाडौँ - KTM


कर्णालीमा असार १५ गते सार्वजनिक बिदा

Posted on June 27, 2023 | views : 576 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते कर्णाली प्रदेशको जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । २०७९ चैत २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले १५ असारमा

Read More

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

Posted on June 27, 2023 | views : 474 | काठमाडौँ - KTM

असार १२, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए । कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा

Read More

फोहोर नउठाएपछि स्थानीयले फाले नगरपालिका कार्यालयभित्र फोहोर

Posted on June 27, 2023 | views : 713 | काठमाडौँ - KTM

असार १२, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिकाले लामो समयदेखि गोकुलेश्वर बजारको फोहोर नउठाएपछि गोकुलेश्वरवासीले सङ्कलन गरेर नगरपालिकाको परिसरमा फालेका छन् । शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर बजारबाट निस्किने फोहरमैला विगत लामो समयदेखि नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै स्थानीय तथा व्यापारीह

Read More

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुग्यो

Posted on June 27, 2023 | views : 663 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सुधीरकुमार शाहलाई पक्राउ परेसँगै यो सङ्ख्या थपिएको हो ।  एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्क

Read More

१४ गते सार्वजनिक बिदा

Posted on June 27, 2023 | views : 981 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका द

Read More

ललिता निवास प्रकरण: मालपोतका तत्कालीन खरदार पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ६ पुग्यो

Posted on June 27, 2023 | views : 594 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले जानकारी दिएकी हुन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्के

Read More

ठगी आरोपमा ‘गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले भारतबाट पक्राउ

Posted on June 27, 2023 | views : 550 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् । काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबा

Read More

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

Posted on June 27, 2023 | views : 749 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित

Read More

ललिता निवास प्रकरण : भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङसहित अन्य ५ जना पक्राउ

Posted on June 27, 2023 | views : 536 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्

Read More

त्रिभुवन विमानस्थलमा अब एक जना यात्रुको बिदाइ र स्वागतमा ३ जना मात्रै जान पाइने

Posted on June 27, 2023 | views : 1052 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो । ठाउँको सीमितता र भीडले

Read More

गायक प्रकाश सपुतमाथि आक्रमण गर्ने युवकले मागे माफी

Posted on June 27, 2023 | views : 551 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् । रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो । बोटल प्रहार गर्ने युवकले गायक सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर

Read More

आजको मौसम: यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

Posted on June 27, 2023 | views : 433 | काठमाडौँ - KTM

असार १२, काठमाडौं | कोशी, बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका

Read More

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : ७ वर्षमा ५० हजारमात्र जडान

Posted on June 27, 2023 | views : 368 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको ७ वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्ल

Read More

पीडित गौशाला २६ लाई उपचार खर्च दिन अदालतको आदेश

Posted on June 26, 2023 | views : 989 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार

Read More

न्यायपरिषद्को बैठक सकियो, न्यायाधीश नियुक्ति हुन सकेन

Posted on June 26, 2023 | views : 485 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक निष्कर्षबिनै सकिएको छ । न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।  न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो ।

Read More

लुका मोड्रिच २०२४ सम्म रियलमै रहने

Posted on June 26, 2023 | views : 449 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | ‘मिडफिल्ड मायेस्ट्रो’ लुका मोड्रिच थप एक वर्ष रियल मड्रिडमा नै रहने भएका छन् । क्रोएसियन मिडफिल्डरले सन् २०२४ सम्म क्लबसँग करार सम्झौता नवीकरण गरेका हुन् । आगामी सेप्टेम्बर महिनामा मोड्रिच ३८ वर्ष पुग्दैछन् । यति उमेर पुगिसक्दा पनि रियलको टोलीका उनी महत्त्वपूर्ण सदस्य रहँदै आएका

Read More

मेयर बालेनविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’ सूचीमा

Posted on June 26, 2023 | views : 429 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा सोमबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको हो ।  महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान

Read More

बुहारीको कुटाईबाट ६३ वर्षीया सुकमाया लिम्बुको मृत्यु

Posted on June 26, 2023 | views : 576 | काठमाडौँ - KTM

असार ११, धनकुटा | बुहारीको कुटाइबाट सासूको ज्यान गएको छ । घरायसी विवाद हुँदा बुहारीले कुटेर घाइते बनाएकी सासूको उपचारको क्रममा ज्यान गएको हो । धनकुटाको साँगुरी गढी ४ फाक्सिब भन्ने स्थानमा ३२ वर्षीय विष्णुमाया लिम्बुले उनकी सासुआमा ६३ वर्षीया सुक माया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन

Read More

विमानस्थल भन्सारमा नक्कली बिल बनाएर राजस्व छली, ४२ कर्मचारी अनुसन्धानमा तानिए

Posted on June 26, 2023 | views : 1004 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ । विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा

Read More

मदिरा सेवन गरेका व्यक्तिले आफ्नै घाँटीमा सर्प बेरेपछि, सर्पले डसेर मृत्यु

Posted on June 26, 2023 | views : 828 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीम

Read More

उकालो लाग्दै अण्डाको मूल्य

Posted on June 26, 2023 | views : 464 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को चार सय रुपैयाँ, मिडियम

Read More

बालेन शाहविरुद्धको रिटको सुनुवाइ ढुंगानाको एकल इजलासमा

Posted on June 26, 2023 | views : 376 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा सोमबार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्व

Read More

इनारमा डुबेको मोटर झिक्न पसेका युवकलाई निकाल्न साथी पसे, दुवैले ज्यान गुमाए

Posted on June 26, 2023 | views : 447 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका अनुसार सोमबार बिहान इनारमा झरेको मोटर झिक्न जाने क्रममा दुवै जनाको ज्यान गएको हो। मृत्यु हुनेमा झापाका ३६/३७ वर्षीय दीपेन लिम्बु र सिन्धुलीका २२ वर्षीय दीपेश गुरुङ रहेका छन्। प्रहरीका अनुसार नजिकै

Read More

क्रिकेटर लामिछानेविरुद्ध दायर क्षतिपूर्तिको निवेदनको आज पेसी

Posted on June 26, 2023 | views : 426 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अन्तरिम क्षतिपूर्तिको मागदावी लिई दायर निवेदनमाथि सोमबार सुनुवाइको तयारी गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिको मागदाबी गर्दै निवेदन दर्ता भएको थियो । सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम पीडितले अन्तरिम क्षतिपूर्ति

Read More

हर्कलाई बालेनको ढाडस- तपाईँको सुखमा सबै होलान्, दु:खमा म छु

Posted on June 26, 2023 | views : 692 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा एक स्टाटस लेखे । आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको उनको गुनासो थियो । उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरान

Read More

रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

Posted on June 26, 2023 | views : 1428 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो।   गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेल

Read More

वानएक्स बेटको प्रचार गर्ने अर्का एकजना युट्युबर पक्राउ

Posted on June 26, 2023 | views : 772 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । (रासस) । नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढानीलकण्ठ–११ बस्ने २२ वर्ष

Read More

यस्तो रहनेछ आजको मौसम

Posted on June 26, 2023 | views : 601 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ।  कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

Read More