२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थल भन्सारमा नक्कली बिल बनाएर राजस्व छली, ४२ कर्मचारी अनुसन्धानमा तानिए

२०८०, ११ असार सोमबार ०७:३२

असार ११, काठमाडौँ । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ । ‘राजस्व छली गर्ने उद्देश्यका साथ व्यापारीले खडा गरेको नक्कली बीलकै आधारमा ती कर्मचारीहरुले आयातित वस्तुको भन्सार जाँच पास गरेको देखिएको छ,’ राजस्व अनुसन्धान विभागले जनाएको छ ।

भन्सार छलीका लागि व्यापारीको मिलोमतोलाई सहयोग पुर्याउने गरी करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दियो । ‘उक्त छलीमा राज्यमा करोडौंमा राजस्व गुमेको देखिएको छ । विस्तृत अनुसन्धानपछि मात्रै थप विषय खुल्छ,’ स्रोतले भन्यो । यो विषय अनुसन्धानकै क्रममा रहेको भन्दै संलग्न कर्मचारीको नाम र छलिएको राजस्व रकम खुलाउन भने विभागले अस्वीकार गरेको छ । नक्कली बिल खडा गर्ने आयातकर्ताको बदमासीलाई सहयोग गर्नेमा नासुदेखि अधिकृत तहसम्मका कर्मचारी संलग्न रहेको देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको थियो । विमान कम्पनीले वस्तु आयातमा जारी गर्ने बिललाई च्यातेर भन्सार छली गर्न फोटोकपी गरेर नक्कली बिल बनाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यस्तो गर्दा वस्तुको भन्सार मूल्यांकनकै बेला कम मूल्यांकन भई राजस्व गुमेको हो । यस कार्यमा संलग्नहरुको सूची तयार गरेर गत हप्ता राजस्व अनुसन्धान विभागले बयानका लागि समन्वय गरिदिन भन्सार विभागलाई पत्राचार समेत गरिसकेको छ । राजस्व अनुसन्धान विभागका अनुसार यो प्रकण संगठित रुपमा भएको हो वा व्यक्तिगत भन्ने दृष्टिकोणबाट पनि अध्ययन भइरहको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस