काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ("/>
२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ठगी आरोपमा ‘गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले भारतबाट पक्राउ

१२ असार २०८०, मंगलवार ०८:२७

असार १२, काठमाडौँ | प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरुसँग निकट सम्बन्ध रहेको भन्दै विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन् ।

काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीका एक अधिकृतले बताए ।

उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन सीआईबीले डिएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै