असार १२, काठमाडौँ | गायक प्रकाश सपुतमाथि बियरको बोतलले प्रहार गर्ने युवकले माफी मागेका छन् ।
रोमानियामा भएको कार्यक्रममा गीत गाइरहेका बेला सपुतमाथि एक युवकले बियरको बोतल प्रहार गरेका थिए । बोटल उनको अनुहारमा लागेको थियो ।

बोटल प्रहार गर्ने युवकले गायक सपुतलाई भेटेर माफी मागेका छन् । उनले हात जोडेर भनेका छन्, ‘रमाइलो गर्दा गर्दै गल्ती गरेँ । म माफी चाहन्छु ।’
घटनापछि आयोजकले प्रहरीमा उजुरी समेत गरेको थियो । तर गायक प्रकाश सपुत आफैंले बोतल प्रहार गर्ने युवकलाई बोलाएर माफी दिने बताएका थिए ।
सपूतले आक्रमण गर्ने युवकलाई मदिरा सवेन गरेर यस्ता काम नगर्न आग्रह गर्दै युवकलाई नेपालमा फर्काउने लगायतका कुनै पनि काम नगर्न आग्रह समेत गरेका छ।
आयोजकले पनि उजुरी फिर्ता लिने बताएका छन् ।