२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेटर लामिछानेविरुद्ध दायर क्षतिपूर्तिको निवेदनको आज पेसी

२०८०, ११ असार सोमबार ०६:०४

असार ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अन्तरिम क्षतिपूर्तिको मागदावी लिई दायर निवेदनमाथि सोमबार सुनुवाइको तयारी गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिको मागदाबी गर्दै निवेदन दर्ता भएको थियो ।

सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम पीडितले अन्तरिम क्षतिपूर्तिका लागि काठमाडौँ जिल्ला अदालतमा निवेदन दर्ता गराएकी थिइन् । सर्वोच्चको आदेशमा उपचार र मनोसामाजिक परामर्शका लागि आवश्यक खर्च अन्तरिम क्षतिपूर्तिमार्फत वितरण गर्न निर्देशन दिइएको थियो । 

सो निवेदनका सम्बन्धमा यसअघि काठमाडौँ जिल्ला अदालतले खर्च के कति लाग्छ भनी प्रतिवेदन दिन निर्देशन दिएको थियो । नर्भिक अस्पतालले काठमाडौँ जिल्ला अदालतमा बुझाएको प्रतिवेदनमा कन्सल्टेसन भिजिटका लागि प्रति भिजिट १०४७ रुपैयाँ र साइकोलोजिकल काउन्सेलिङका लागि पर सेसन १ हजार ५०० सय रुपैयाँ लाग्ने प्रतिवेदन दिएको छ । 

यसअघि पीडितको तर्फबाट उपचार खर्च भन्दै काठमाडौँ जिल्ला अदालतमा ३६ हजार रुपैयाँको बिल पेस गरिएको छ । पीडितले उपचार खर्च बाहेक अन्य खर्चको माग अन्तरिम क्षतिपूर्तिमा गरेकी छैनन् । पीडितको तर्फबाट भविष्यमा लाग्ने खर्चको समेत क्षतिपूर्ति माग गरे पनि अस्पतालले दिएको प्रतिवेदनमा भविष्यमा कति खर्च लाग्छ भन्ने नसकिने प्रतिवेदन दिएको छ । 

पीडित पक्षले यसअघि प्रतिवादी सन्दीप लामिछानेसँग १० लाख अन्तरिम क्षतिपूर्तिको माग गरेकी थिइन् । तर अदालतले उनको माग खारेज गर्दै वास्तविक खर्च र वास्तविक लागतका आधारमा अन्तरिम क्षतिपूर्ति दिन सकिने भन्दै त्यसको लागि प्रतिवेदन माग गरेको थियो । सोमबार सोही सम्बन्धमा निवेदनको विषयमा पेसी राखिएको छ र अन्तरिम क्षतिपूर्ति के कति आधारमा कति दिने भनेर निर्णय गर्नेछ ।

जबरजस्ती करणी कसुरको मुद्दामा अन्तिम पेसी भने अझै तोकिएको छैन । लामिछाने क्रिकेट खेल्नका लागि जिम्बाब्वेमा रहेका कारण उनी फर्केपछि मात्रै अदालतले अन्तिम सुनवाइका लागि पेसी तोक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै