रोनाल्डोले एएफसी च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने

Posted on: 15 Sep, 2024

भदौ ३०, काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको पहिलो  खेल गुमाउने भएका हुन् ।

इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो ।

अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दै छ ।


हालै आफ्नो ९०० गोल पुरा गरेका रोनाल्डो सक्रिय फुटबल खेलिरहेका बेला भाइरलका कारण उनको खेलमा ब्रेक लागेको छ । अल नासरले उनी केहि दिनको आरामपछि टिममा फर्किने बताएको छ ।

रोनाल्डोले यस सिजनमा अल नासरका लागि ५ खेलमा ४ गोल गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!