सास । कार्तिक १३, बर्दिया 

बर्दियालाई कर्मक्षेत्र बनाएर पछिल्लो समय अमेरीकामा बसोबास गर्दै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाले इतिहास बरु झुठो हुन सक्ने तर साहित्य कहिल्यै पनि झुठो नहुने दाबी गर्नुभएको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कार्तिक १३, बर्दिया 

बर्दियालाई कर्मक्षेत्र बनाएर पछिल्लो समय अमेरीकामा बसोबास गर्दै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाले इतिहास बरु झुठो हुन सक्ने तर साहित्य कहिल्यै पनि झुठो नहुने दाबी गर्नुभएको छ ।

<"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

इतिहास बरु झुठो हुन सक्छ : नीलम कार्की निहारिका

२०७३, १३ कार्तिक शनिबार ०६:४८

सास । कार्तिक १३, बर्दिया 

बर्दियालाई कर्मक्षेत्र बनाएर पछिल्लो समय अमेरीकामा बसोबास गर्दै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाले इतिहास बरु झुठो हुन सक्ने तर साहित्य कहिल्यै पनि झुठो नहुने दाबी गर्नुभएको छ ।


कविगुरु यज्ञप्रसाद सुवेदी प्रतिष्ठानबाट साहित्य सम्मान ग्रहण गर्दे सदरमुकाम गुलरियामा शुक्रवार वहाँले उपरोक्त कुरा बताउनुभएको हो । पछिल्लो एक दशकदेखि अमेरीकामा रहँदै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाको बहुचर्चित उपन्यास चीरहरणले हालै मात्र पद्मश्री पुरस्कार प्राप्त गरेको थियो ।

कार्यक्रममा निहारिकाले यसरी आफ्नो कर्मभूमिमा सम्मानित हुन पाउँदा हर्षविभोर भएको बताउनुहँदै यो सम्मानले मलाई बर्दियाप्रतिको माया र सद्भावको गहिराई अझ बढाएको बताउनुभयो । आफू चर्चामा आउनका लागि मात्रै सिर्जना नगरेर समाजको यथार्थतालाई चीर्नका लागि र समाजको सकारात्मक रुपान्तरणको लागि आफूले चीरहरण लेखेको बताउनुभयो । यसरी बर्दियामा आउन पाउँदा आप्mनो विगत र बुवाले यस भूमिमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै आज मेरो बुवा हुनुभएको भए कत्ति खुशी हुनुहुन्थ्यो, भन्दै निकै भावुक हुनुभएको थियो ।

 

कार्यक्रमा प्रमुख अतिथिका रुपमा रहनुभएका वरिष्ठ साहित्यकार सनत रेग्मीले बर्दियाली स्रष्टा कविगुरुको नामबाट परिवारले गरेको यो पवित्र कार्यको सह्राना गर्दै यो कार्यको निरन्तरताको कामना गर्नुभयो । बर्दिया पनि साहित्यको क्षेत्रमा निकै उर्वर भएको महशुस भएको र पहिलाभन्दा निकै फरक अनुभूति भएको बताउनुभयो ।

आज लोकार्पण गरिएको कृति कल्पना सङ्ग्रह भाग चारमाथि समालोचनात्मक अभिव्यक्ति राख्नुहुँदै कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले यस कृतिमा समेटिएका हरेक रचनाहरुले समाजमा लुकेर रहेका सामाजिक यथार्थतालाई बोलिरहेको औंल्याउनुभयो । 


प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष भीमा सुवेदीले यसरी कविगुरुको नाममा प्रतिष्ठान बनाएर पहिलो पटक बर्दियाली विदुषी पुत्री नीलम कार्की निहारिकालाई सम्मान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । 

कार्यक्रममा बाँके तथा बर्दियाका स्थापित विभिन्न भाषाभाषीका साहित्यिक व्यक्तित्वहरुले साहित्यिक रचनाका साथै शुभकामना राख्नुभएको थियो ।

 

साथै कविगुरु यज्ञप्रसाद सुवेदीका जेष्ठ सुपुत्र अर्जुन सुवेदीले मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवलाई अक्षयकोष वृद्धिको लागि पचास हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । प्रत्येक वर्ष कार्तिक १२ गते साहित्यिक, सामाजिक र धार्मिक अभियन्ताहरुलाई सम्मान गरिने प्रतिष्ठानका सदस्य प्रभात सुवेदीले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा