२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैशाखबाट मिर्गौला प्रत्यारोपण निःशुल्क

२०७३, २७ फाल्गुन शुक्रबार ०२:२३

फागुन २७, काठमाडौं | सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भने ।

उनले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिए । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भने, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’

मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताए । उनले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिए ।सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उनले बताए । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उनको भनाइ थियो ।

बिरामीका लागि निःशुल्क बस सेवा

मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो । श्रेष्ठका अनुसार सो बसले बिरामीलाई अस्पताल ल्याउने र अस्पतालबाट घर पठाउँदा सेवा दिने गर्दछ । ‘हामीले मिर्गौला बिरामीको स्वास्थ्य अवस्था हेरेर एउटा बस निःशुल्क सञ्चालनमा ल्याएका छौँ । यसले बिरामी अस्पतालमा ल्याउने र घर पु¥याउने काम गर्र्दछ,’ श्रेष्ठले भने, ‘रातको समयमा बिरामी डिस्चार्ज हुँदा र अरू समयमा पनि गाडी नपाएर बिरामी बिचल्लीमा परिरहेका हुन्छन् । सोही कारण निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ ।’

केन्द्रले पहिलोपटक स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अतुल मिश्रलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यमन्त्री थापाले २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

मिर्गौला रोगको मुख्य कारण मोटोपन

चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको भनाइ छ । मुटु, उच्च कोलेस्ट्रोल, श्वासप्रश्वासमा समस्या, कलेजोमा बोसो जम्ने, पित्तथैलीको रोग, हाडजोर्नी खिइँदै जाने, मोटोपन भएकामा क्यान्सर हुने, मानसिक समस्याको कारण पनि मोटोपनले नै गर्ने उनले बताए । ‘सामान्य तौल भएका मानिसमा भन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चार गुणाले बढी हुने भएका कारण मोटोपन घटाउनु जरुरी छ,’ श्रेष्ठले भने । – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा