चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गम"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्ण दयालको ‘आँखासामु’ कृति लोकप्रिय

३ चैत्र २०७३, बिहीबार ०७:२३

चैत्र ३, बैतडी । युवा नेता एवम् साहित्यकार कर्ण दयाल (स्वराडी) को गजल कृति आँखासामु लोकप्रिय बन्दै गएको छ । द्वन्द्वकालको कथा–व्यथा, भारतको सिमा अतिक्रमण, दुर्गमको राजनिनि स्थानीय विकासको एजेण्डालाई गजलमार्फ रचेर प्रकाशित गरेपछि “जगल संग्रह आँखासामु” लोकप्रिय बनेको हो । 

प्रगतिसिल लेखक संघ बैतडीका अध्यक्ष समेत रहेको स्वराडी कृति लेखन क्षेत्रमा निकै रुचि राख्ने कलाकार हुन् । समसामयिक राजनितिक घटनाक्रम, स्थानीय विकास निर्माण लागायतका विषयमा स्थानीय तथा राष्ट्रिय पत्रिकामा लेख प्रकाशन गर्ने उनले यसपटक आफ्नै कृति प्रकासन गरेका हुन् ।

स्थानीयस्तरका पीडा, गरिबी र भ्रष्टाचार लगायतका विषयपनि आँखासामुको भित्रि पन्नाहरुमा उतारिएको छ । मेलौली नगरपालिकाको वडा नम्बर ७ शिवनाथमा जन्मेका दयाल हाल सदरमुकाममा बस्दै आएका  छन् ।

आँखासामु कृतिको १ सय १४ पेजको कृति नम्बर ११४ को नयाँ कोट फेरियो शिर्षकको गजल निम्न उल्लेख छ ।

नयाँ कोट फेरीयो अस्तर पुरानै

नयाँ चुना लेपन भयो पलस्तर पुरानै ।

बजारमा भौतारिदै गल्ली–गल्ली धाएँ

बल्ल पो भेटे नयाँ नाम, सरह पुरानै ।।

 बजारको भाउले आकास छुनै लाग्दा

किसानको आफुले पाउने दर पुरानै ।

ध्वजापतङ्गाले सजाएको आँगन पुगेँ

जिर्ण भत्कन लागेको घर पुरानै ।।

 स्कुल फेरियो अनि पाठ्यपुस्तकहरु

पढाउने तरिका शैली र सर पुरानै ।

मञ्चमा आसन र भाषण फेरियो

तर योजना तान्ने त रहर पुरानै ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने