प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साहित्यमा लैङ्गिक पहिचान : बेकारको बहस

१ पुष २०७४, शनिबार १५:४२

प्रभात सुवेदी । पौष १, बाँके । 

साहित्यमा लैङ्गिक पहिचान खोज्नु र यस विषयलाई बहसको विषय बनाइनु बेकारको कुरा भएको आज बाँकेको कोहलपुरमा आयोजित एक साहित्य सम्मानमा सहभागी स्रष्टाहरुको धारणा रहको छ ।

 

हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा आयोजित ‘पूर्णीमा साहित्य रत्न सम्मान २०७४’ तथा एकल कविता वाचन कार्यक्रममा सहभागी विशिष्ट साहित्यिक व्यक्तित्वहरुबाट यस्तो धारणा व्यक्त गरिएको हो । 

प्रत्येक वर्ष प्रदान गरिँदै आइएको पूर्णीमा साहित्य रत्न अन्तर्गत सम्मान पत्र र नगद ११ हजारबाट यस वर्ष कथाकार महेश विक्रम शाहलाई सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै सम्मानित व्यक्तित्व कथाकार महेशविक्रम शाहले साहित्यमा महिला र पुरुष गरेर सम्बोधन गर्नुभन्दा पनि साहित्यकारकै रुपमा परिचय दिनुमा नै उत्कृष्टता हुने बताउनुभयो । महिला साहित्यकार र पुरुष साहित्यकार भनेर बहस गरिनु बेकारको प्रसङ्ग रहेको कुरा वहाँले बताउनुभयो । पूर्णीमा साहित्य रत्नबाट सम्मानित हुन पाएकोमा हार्दिक धन्यवाद दिनुहुँदै आफूले जीवनमा विभिन्न भूमिका निर्वाह गर्नुपरेको कुरा स्मरण गर्दैै मातापिताको सपना अनुसार आफूले आफ्नो चाहना अनुसार विज्ञान विषयको अध्ययन गरेको तर आँफूमा पलाएको साहित्यिक चाहनालाई निरन्तरता दिँदै यहाँसम्म आएको कुरा बताउनुभयो । सबै साहित्यकारहरु सर्जकहरु नै भएकोले आफ्ना सिर्जनाहरुका माध्यमबाट नै आफ्नो पहिचान बनाउने कुरामा आफूले विश्वास गरेको र विशेष गरी प्रहरी सेवामा रहँदा पनि समय व्यवस्थापन गरी साहित्यमा साधना गरिरहेको स्मरण गर्दैै द्वन्द्वकालमा रोल्पामा छँदा त्यहाँको यथार्थ परिवेशले नै ‘छापामारको छोरो’ जन्मिएको स्मरण गर्नुभयो । वहाँले पूर्णीमा साहित्य रत्नबाट सम्मानित हुन पाएकोमा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कवि मोमिला जोशीले करिव १ घण्टा अविराम दर्जन बढी आफ्ना उत्कृष्ट रचनाहरु सुनाइरहँदा हलमा उपस्थित साहित्यिक मनहरुमा उर्जा भरिहरको देखिन्थ्यो । विभिन्न विम्बहरुका साथमा वहाँले कविताहरु वाचन गरिरहँदा आयोजना स्थल कहिले भावुक बन्थ्यो भने कहिले उल्लासमय लहरमा छचल्किएको देखिन्थ्यो । 

कवि तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले यस क्षेत्रका विशिष्टा स्रष्टाहरुले काठमाडौं र विदेशसँग जोडेर टेक्ने दरिलो आधार प्रदान गरेको स्मरण गर्नुहुँदै मध्य तथा सुदुरपश्चिमका स्रष्टाहरुलाई सम्मान गर्नुभयो । ‘महेश विक्रम शाहको कथा स्नातक तहको पाठ्यक्रममा समावेश गरिनुले हामीले वहाँ र वहाँका सिर्जनाका स्तरहरुलाई अत्यन्तै राम्रोसँग नियालिरहेका छौँ, यो हाम्रो गर्वको कुरा हो, वहाँले बताउनुभयो ।’  शाह प्रहरीको जागीरे भएपनि निकै भावुक र नेपाली जनजीवनलाई शुक्ष्म ढंगले नियाल्ने व्यक्तित्व हुनुभएको, मोमिला जोशी र वहाँलाई आज एउटै मञ्चमा पाउनु हामी सबैको लागि महत्वपूर्ण र विशिष्ठ क्षण भएको भएको बताउनुभयो । यो क्षेत्रमा पछिल्लो समयमा साहित्य र सिर्जनाका क्षेत्रमा निकै उर्जाशील भएर काम गरिरहेकोमा हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठानलाई तिमिल्सिनाले हार्दिक धन्यवाद दिनुभयो । 


कथाकार एवम् सम्मानित स्रष्टा महेशविक्रम शाहका बारेमा साहित्यकार तथा पूर्णीमा साहित्यिक प्रतिष्ठानका सल्लाहकार केशब सिग्देलले परिचयात्मक धारणा राख्नुभएको थियो ।

वरिष्ठ कथाकार तथा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले पछिल्लो पिंढीका सिर्जनाहरु पढ्दा र देख्दा आफूलाई पनि इष्र्या जागेकाले धार परिवर्तन गरुँ कि झै लाग्छ भन्नुहुँदै उपस्थित दर्शकहरुलाई निकै जोस्याउनुभएको थियो । 

हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष महानन्द ढकालको सभाध्यक्षतामा सम्पन्न यो कार्यक्रममा उपाध्यक्ष परदिप भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पुस्कर रिजाल ‘पुष्प’ ले गर्नुभएको थियो । कार्यक्रममा बाँके, बर्दिया, कैलाली, दाङ्ग, सुर्खेतका १ सय बढी साहित्यकारहरुको सहभागीता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग