२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

२०७४, २६ पुष बुधबार ०७:५७

नारायण ढुंगाना | पुस २६ चितवन,  (रासस) | सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । 

विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ । 

छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ । 

नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ । 

आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ । 

त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ … 

“कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफँै, सक्दिन म, के म यो घरको नोकर हो र ?” शान्ति कराउन छाड्दिनन् । 

“हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ । 

आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ । 

“एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन । 

नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सँुक्कसुँक्क गरी रुन थाल्नुभयो । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भन्नुभयो, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा