१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या

२७ चैत्र २०८१, बुधबार १५:२८

कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा आज एकजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो । पहिचान नखुलेका ती पुरुष अन्दाजी ३५–४० वर्षका जस्तो देखिने इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकको टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको जस्तो देखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

ढुंगाले हानेर टाउकोको बायाँपट्टिको भाग र आँखा फुटाइएकाले अनुहार चिनिने अवस्थामा नरहेको उनले बताए । शव नजिकै रगत लागेको ढुगा पनि फेला परेको बताउँदै प्रनाउ थापाले साथमा लुगाबाहेक कुनै सामान फेला नपरेको जानकारी दिए । पुरुषको शव मन्दिरको दक्षिणतर्फ प्रांगणमा भेटिए पनि घटना मन्दिरभित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँभन्दा २० मिटर दूरीमा रहेको मन्दिर प्रागण राताम्मे छ ।

मन्दिरबाट घिसारेर शव तल फालिएकोजस्तो देखिएको प्रनाउ थापाको भनाइ छ । उनका अनुसार प्रहरीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक