२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार व्यवसायीहरुको अन्तिम चुनावी सभा सम्पन्न, कसको पल्ला भारी ?

बुधबार बेलुका काठमाडौँको बसुन्धारामा आयोजित दुवै पक्षको अन्तिम चुनावी सभा करिव १०० मिटरको दुरीमा गरिएको थियो । नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायी समूहको सभा बसुन्धारा बैंक्वेटमा भएको थियो भने भुवन सिंह गुरुङ अध्यक्ष रहेको नेतृत्वको सभा बसुन्धाराकै यति बैंक्वेटमा योजना भएको थियो । रोचक पक्ष दुवै पक्षको सभामा म्यानपावर व्यवसायीहरु ओहोर-दोहोर गर्दै गरेको देखिन्थे ।
२०८१, २८ चैत्र बिहीबार ००:५६

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने कार्यसमिति निर्वाचनका लागि दुवै प्यानलले प्रचार-प्रसारको अन्तिम सभा सम्पन्न गरेका छन् ।

बुधबार बेलुका काठमाडौँको बसुन्धारामा आयोजित दुवै पक्षको अन्तिम चुनावी सभा करिव १०० मिटरको दुरीमा गरिएको थियो । नरेश गेलाल नेतृत्वको संयुक्त व्यवसायी समूहको सभा बसुन्धारा बैंक्वेटमा भएको थियो भने भुवन सिंह गुरुङ अध्यक्ष रहेको नेतृत्वको सभा बसुन्धाराकै यति बैंक्वेटमा योजना भएको थियो । रोचक पक्ष दुवै पक्षको सभामा म्यानपावर व्यवसायीहरु ओहोर-दोहोर गर्दै गरेको देखिन्थे ।

अन्तिम चुनावी सभामा आफ्नो परिचय दिएका उम्मेदवारहरुले आ-आफ्नो राय राख्ने क्रममा व्यवसायलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउने, व्यवसायीको हितमा काम गर्ने, सिन्डिकेट बिरुद्ध लड्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै सभामा सय संख्याको समस्या समाधान, मागपत्र प्रमाणीकरण, श्रम स्वीकृतिमा सहजीकरण जस्ता समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सभामा आफ्नो विषय राख्ने क्रममा उम्मेदवारहरुले बिभागमा उजुरी परेका व्यवसायीको सहयोग गरेको, मेलमिलापमा सहयोग गरेको देखि युटुवरहरुको आतंकलाई नियन्त्रण गर्न भूमिका खेलेको विषयमा समेत ध्यानाकर्षण गर्दै आफू र आफ्नो समूहलाई मत मागे । यस्तैमा समान रुपमा सिन्डिकेटको बिरुद्ध लाग्ने विषय उठेको छ । एकै लाइसेन्स लिएर व्यवसायीको रोजीरोटी खोस्ने गरि जुनसुकै आवरणमा आउने सिन्डिकेट अस्विकार गर्ने विषयले अन्तिम सभामा स्थान पायो ।

दुवैतर्फ सभा हुँदै गर्दा बाहिर गफिएका केहि व्यवसायीहरु भने कसले जित्छ भन्दै जिज्ञाशा राख्दै थिए । केहि व्यवसायी कुन सभामा कस्तो माहौल छ भन्दै तुलना गर्दै थिए ।

अन्तिम चुनावी सभामा गेलाल पक्षको सभामा बोल्दा अधिकांश बक्ताले सिन्डिकेटको बिरोध गरे । गेलाल पक्षले गुरुङ पक्षले निर्वाचन जितेको खण्डमा सिन्डिकेट हावी हुने बताउँदै गर्दा गुरुङ पक्षले अधिकांश सिन्डिकेट गर्ने पक्षको समर्थन गेलाल पक्षलाईनै रहेको सांकेतिक आरोप लगाए । त्यसो त अन्तिम चुनावी सभाको माहौल हेर्न पुगेका व्यवसायीहरु बीच सिन्डिकेटकै विषय चर्चाको विषय बनेको छ । यसै विषयलाई लिएर एकअर्कामा आरोप छ ।

यो पटकको चुनावमा दुवै पक्षमा बिभिन्न राजनीतिक पार्टी समर्थित व्यवसायीहरुको घुलन रहेको कारण चुनावमा कुन पक्ष हावी रहन्छ आंकलन गर्न नसकिने अवस्था छ । निर्वाचनमा धेरै मत खसेको खण्डमा गुरुङ पक्षको पल्ला भारी हुने आंकलन गरिएको छ । साथै माओवादी पक्षले इमान्दारीताका साथ गुरुङ समूहलाई मत दिएमा चुनाव गुरुङ पक्ष पनि बलियो रहेको विश्लेषण गरिएको छ । तर कांग्रेसकै एकपक्ष गेलाल समूहमा जोडिएको कारण धेरैनै मत काटिने हुँदा गुरुङलाई सोचेजस्तो सहज भने देखिदैन । यता एमाले पक्षकै केहि व्यवसायीको साथ गुरुङपक्षलाई छ ।

उता पुर्व कार्यसमितिको हावी भएको, कांग्रेसको असन्तुष्ट पक्ष समेत प्यानलमा जोडिएको, समाजवादी पक्ष र तराईका व्यवसायीको समेत समर्थन पाएको कारण गेलाल पक्षले आफूहरुको जित सुनिस्चित रहेको बताईरहेका छन् । कांग्रेस समर्थित व्यवसायीको अन्तरद्वन्दको फाइदा धेरै हदसम्म गेलाल पक्षले लिने आंकलन गरिएको छ । यसअघिको संघको निर्वाचनमा समेत कांग्रेसकै आन्तरिक द्वन्दको बेफाइदा कांग्रेस पक्षलाईनै भएको थियो ।

बुधबार दुवै पक्षले बसुन्धारा केन्द्रित अन्तिम चुनावी सभा गरे । दुवै पक्षले उही स्थान रोज्नुको पछाडी निर्वाचनमा जिताउने हराउने विषय यहि क्षेत्रको व्यवसायीको हातमा रहेको बताइएको छ । अरुतिर भन्दा यो क्षेत्रका व्यवसायीहरु बीच एकमत रहने बुझाई छ । यो क्षेत्रको एमाले निकट केहि व्यवसायीले गेलाल समुहलाई मत नदिने बुझिएको छ । जसको फाइदा गुरुङले लिनेछन् ।

संघको निर्वाचन प्रतिष्ठाको समेत लडाईको रुपमा हेर्न सकिन्छ । केहि उम्मेदवारलाई राजनीतिक वा समूहको भन्दा पनि व्यवसायी-व्यवसायी बीचको आपसी सम्बन्धको कारण पनि मत बढ्ने अवस्था हुन्छ । यसअघिको सम्बन्ध, व्यवसायिक र सहजीकरणको कारण पनि केहि उम्मेदवारले निर्वाचनमा जित्ने अवस्था छ ।

संघको आगामी शुक्रबार हुने निर्वाचनमा अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ प्यानलका तर्फबाट प्रथम उपाध्यक्षमा नोकिरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लिका संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठले उम्मेदवार छन् ।

उक्त प्यानलबाट कार्यसमिति सदस्यहरुमा इम्पेरियल ओभरसिज प्रा. लिकी संचालिका विद्यालक्ष्मी बज्राचार्य, राज ग्रुप अफ कम्पनीका संचालक राज लामा तामाङ, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, सेक्युर नेपाल जब प्रा. लि.का संचालक सुमनराज पाण्डे, सिल्भर कर्नर ओभरसिज प्रा. लि.का कैलाश पाठक, ग्लोबल एचआर हब प्रा. लि.की संचालिका गीता राउत, युनिभर्स एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा, रिजा ओभरसिज प्रा. लि.की संचालिका रेखा शर्मा र इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै निर्वाचनमा गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्स प्रा. लि.का संचालक संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपाल प्रा. लि.का संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआर प्रा. लि.का संचालक बैकुण्ठ पौडेल वैभव, महासचिवमा डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावर प्रा. लि.का संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआर प्रा. लि.की संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा माउन्टेन ग्रुप प्रालिका संचालक देउमान नेम्बाङ, ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लिका संचालक राजेन्द्र बस्नेत, उज्यालो ओभरसिज प्रा.लिका संचालक चन्द्र लिम्बू, विनर एचआर सोलुसन प्रा. लिकी संचालिका हिमा गुरुङ, रियो ओभरसिज प्रा. लिकी संचालिका रमा खड्का, गल्फ इम्पायर ओभरसिज प्रा. लि.का संचालक दिनेश बस्नेत, आयुश ओभरसिज प्रा. लि.का संचालक कामेश्वर साह (राहुल), सिगुल ओभरसिज प्रा. लि.का संचालक छत्र बस्नेत, डेष्टिनी ह्युमन रिसोर्स प्रा. लिका संचालक युवराज देवकोटा र गल्फ एसिया म्यानपावर प्रा. लिका संचालक राजेश यादवको उम्मेदवारी रहेको छ ।

यता, संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पनि रहेको छ । जसमा प्रथम उपाध्यक्ष पदमामा ओभरसीस इम्प्लोईमेन्ट प्रा.लिका संचालक अख्तर हुसेन र सचिव पदमा अक्सन इन्टरनेशनल प्रा.लिका संचालक ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन् । सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका सापकोटाले सचिव पदमा कांग्रेस-एमालेको तर्फबाट कुनै उम्मेदवार नभएको र कांग्रेसभित्रै पनि अन्तरद्वन्द रहेको कारण आफूले स्वतन्त्र बनेर सबै व्यवसायीले आफूलाई मतदान गर्ने आशा-भरोशा लिएर चुनावमा होमिएको बताएका छन् । दुवै स्वतन्त्र उम्मेदवारले आफूहरु जित्ने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ