– “कविगुरु” यज्ञप्रसाद सुवेदी

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

– “कविगुरु” यज्ञप्रसाद सुवेदी

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

दुःखीको थाङनो

२०७४, २७ पुष बिहीबार १२:३७


– “कविगुरु” यज्ञप्रसाद सुवेदी

पेटाङ्गे हरमा थोत्रो कछाडको छैन आसन ।

खुरपेटो पेटमा बाँध्ने घरमा छैन राशन ।।

अर्काले खाएको देख्दा आँखा पल्टाई हेरने ।

अरुले लाएको देख्दा ज्यूराले स्वाद फेरने ।।

।१।

विहान बेलुकी फेरी दिन भरी गाउँ डुलदा ।

अर्काको चालचलन हेरी सित्तैमा आफू भूलदा ।।

हेर्दछ देह यो मेरो सुहाउँदैन कतै पनि ।

घोरिएर संझन्छु रात्रकिो थाउनु अनि ।।

।२।

भरी होस् अथवा पेट भोकै रात परे पनि ।

पस्दछु थाउनाभित्र प्राणदाता तँ होस् भनी ।।

गुन्द्रीमाथि सुती फेरि थाउनु ओढदा जसै ।

आनन्द हुन्छ यो देह तातेर घुँरदा तसै ।।

।३।

थाउनु ओढदा खेरी जाडो भोक सब मेटिने ।

मसक्क भै निदाउँदा बा जीब सब भेटिने ।।

सपना देखदा खेरी रमाइलो उति रमझम ।

पुर्खा मेरा कति ताते तँ थाउनालाई नमो नम ः ।।

।४।

थाउनाभित्र खुम्चिदा न टण्टा न त काम क्यै ।

न नाङ्गो देखिने देह न बेइज्जत नाम क्यै ।।

टपक्क टाप मार्दामा शिरदेखि पैतालासम्म ।

हुना तातो हुने हो र तँ थाउनालाई नमो नम : ।।

।५।

बाउ बाजेहरुका भोटा गाँसिइ थाउनु भइस् ।

भाग्य ठूलो हुँदा मेरो पालो सम्म पनि रहिस् ।।

पुस्तौं पुस्ता रही मेरा छोरा नाति तताउनु ।

नमस्कार सदा गर्छु प्राणदाता तँ थाउनु ।।

।६।

हे प्यारा थाउना तेरा टाल्हा छन् देहमा कति ।

जति टाल्यो त्यति तातो हुँदै जान्छस् उतिउति ।।

थाउनु दुःखीको देव रक्षा गर्दंछ देहको ।

पुषे जाडो पनि जान्छ जाउना भित्र पस्छ जो ।।

।७।

तनक्क तन्कँदा खेरी थाउनुमा पाउ अल्झिने । 

सबेरै ब्यूँझी फाल्दामा एक घडि तक बल्झिने ।।

कहिले म अतालिन्थें बालकाल छँदा पनि ।

तथापि छ नमस्कार प्राणदाता तँ होस् भनी ।।

।८।

थाउनाकै छ बढी माया देहको बरु मान्दिन ।

कम्बल, फाइबर, पश्मीना आदि भन्न जान्दिन ।।

आज सम्म पनि ओढें अझै कति म ओढ्दछु ।

सहश्र होस् है थाउनु तँलाई हात जोड्दछु ।।

।९।

कल्पना सङ्ग्रह द्वितीय भाग (२०२७ साल) बाट साभार कविता


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ