२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कविता: हुदैन कन्यादान

२०७५, २६ भाद्र मंगलवार १०:५८

भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना 

कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा 

दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा 

पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न

पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई 

छोरी नभई रहन्न संसार यहाँ भन्देउ सबैलाई। 

हुर्काई बढाई छोरी पठाई दाईजो दिएर यहाँ 

आमाबाबु बित्छ जिन्दगी छोरा च्यापेर यहाँ 

छोरीले जस्तो माया गर्ने हुन्न कुनै अरु सन्तान 

शिक्षित बनाईदेउ छोरीलाई पर्दैन दाईजो दिन 

जति सम्मान ज्वाईको हुन्छ उत्ति बुहारी पनि 

हुनुपर्छ बराबारी यहाँ भन्देउ है सबैलाई भूमि 

एकै रथका दुई पांग्र भन्छन् महिलापुरुष यहाँ 

फेरी किन हुन्छ लैकिङ्ग विभेद यहि समाजमा 

बुहारी भै कुनै भित्रिदैन त्यहाँ पश्चिमी समाजमा 

हुन्छ सबथोक बराबरी बैबाहिक जीवनयात्रामा 

दुईटै जान्छन कमाउन घरको कामलाई बाडेर 

हुर्काउछ्न् छोराछोरी दुवै समान अवशर दिएर 

कर्तब्य छ बराबरी त्यहाँ बराबर अधिकार पनि 

छुट्याउदैन घरको काम गरुन महिलाले नै भनि 

त्यसैले होला बिकासको मूल फुटाउछन् त्यहाँ

महिलालाई बनाई बलियो रथ चलाउछ्न त्यहाँ  

हामले पनि सिक्नुपर्छ चलन देश बिकाश गर्न 

महिला पूरुष हुनुपर्छ बराबरी हुदैन कन्यादान 

रचना: बिष्णु गुरुङ 'एकता'

लेकसाईड, पोखरा   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन