२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा एकैसाथ दुई कृतिको विमोचन

२१ कार्तिक २०७५, बुधबार ०९:५८

कुश्मा, पर्वत । कार्तिक २१,
पर्वत साहित्य सङ्गम कुश्मा पर्वतको आयोजनामा ११० औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइनुका साथै दुईवटा साहित्यिक कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम कुश्मामा आयोजित एक भब्य कार्यक्रममा धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत जिल्लाका स्रष्टा सर्जकहरुले आ–आफ्ना रचना तथा मन्तव्यमार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा, साहित्य, समाज तथा संस्कृतिको उन्नयनमा पु¥याएको योगदानका बारेमा चर्चापरिचर्चा गरे ।

प्रमुख अथितिको रुपमा प्राज्ञ तथा अनुसन्धाता प्रेम छोटाले देवकोटा एक विलक्षण प्रतिभाका धनी भएकाले आफ्ना विविध विधाका सिर्जनामार्फत उनले नेपाली साहित्यलाई अतुलनीय गुन लगाएको बताए । अर्का अग्रगन्य साहित्यकार काजी रोशनले लक्ष्मीप्रसाद देवकोटा त्यसै महाकवि भएका होइनन् भन्ने प्रकाश पार्दै उनले देखाएको बाटोमा नेपाली साहित्य क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने कुरामा जोड दिए । शिक्षासेवी धनञ्जय अधिकारीले लक्ष्मीप्रसाद देवकोटा तिष्ण प्रतिभाले ओतप्रोत साधक हुँदाहुँदै पनि तत्कालीन सत्ताले उनको क्षमतालाई बुझ्न नसकेको बरु दुःख दिएको बताए ।

सोही कार्यक्रममा पर्वतका स्रष्टा इन्द्रकुमार विकल्पको मुक्तक सङ्ग्रह ‘मनका रङ्गहरु’ र सरोजराज पन्तको कविता सङ्ग्रह ‘समर्पण’ को विमोचन गरिएको थियो । पुस्तकको विमोचन गर्दै बरिष्ठ साहित्यकारद्वय प्रेम छोटा र काजी रोशनले पर्वत जिल्लाले सिङ्गो धौलागिरि क्षेत्रकै साहित्यमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सर्जकहरु इन्द्रकुमार विकल्प र सरोजराज पन्तको साहित्यिक क्रियाशीलताको प्रशंसा गरेका थिए ।

कार्यक्रममा मुक्तक सङ्ग्रह ‘मनका रङ्गहरु’ को समीक्षा पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष तथा साहित्यकार इन्द्रमान खत्रीले कविता सङ्ग्रह ‘समर्पण’ को धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद पाण्डेयले गरेका थिए । विमोचित कृतिमाथि शिक्षासेवी धनञ्जय अधिकारी, बसन्तबहादुर सिके, सुभन्तनाथ सुवेदी, बरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, प्राध्यापक डा. दिनबहादुर थापा, प्राध्यापक विष्णुप्रसाद मैत्रय, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायल श्रीलगायतले टिप्पणी तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कृतिकारद्वय इन्द्रकुमार विकल्प र सरोजराज पन्तले आगामी दिनहरुमा आफूहरुबाट सिर्जित कृतिहरुको अध्ययन गरी आवश्यक पृष्ठपोषण तथा समीक्षा गरिदिनका लागि पाठकहरुलाई अनुरोध गरेका थिए । साहित्यकारहरु, नागरिक समाजका अगुवा, गैससकर्मी, कानून व्यवसायी, सञ्चारकर्मी तथा साहित्यानुरागीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा सहभागीहरुले परस्परमा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरेका थिए ।

यमप्रसाद पौडेल, घायल श्री, दिप पराजुली, शान्तिनारायण श्रेष्ठलगायतका सर्जकहरुले रचनावाचन गरेको उक्त लक्ष्मी जयन्ती तथा कृति विमोचन कार्यक्रम पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, आजीवन सदस्य अर्जुन निर्जन पौडेलको स्वागत मन्तव्य तथा आजीवन सदस्य खेमराज शर्मा चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता