२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैशले मातिएको बेला…

२०७६, १७ बैशाख मंगलवार ०६:५५

-पोषक बहादुर खड्का (Fret) | बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ | 

बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो|अहिले २० बर्से जवानीको तातो तातो अवस्था अनि यस अघि जति पनि आएको मनको उछालले मलाई अहिले सम्मान मिठो मायाको परिभाषा महसुस भएको छैन | बैशले मातिएको बेलामा प्रेमको प्रस्ताब धरै आयो अनि धरै गरे पनि – तर त्यो अर्थहीन भयो|

प्रेमले रूझेका मेरा सपनाहरु अझै पनि जस्ताका त्यस्तै छन् | अझै पनि यो मन त्यहि मिठो मायाको परिभाषा खोज्दै भौतारीरहेको छ | सपना देखाऊने अनि बिपनालाइ तितो बनाउनेहरु को कमि छैन, म पनि यहि तितो जवानीलाइ मायाको मिठो परिभाषासंग मिसाएर जीवनलाइ अर्थपूर्ण बनाउने प्रयासमा छु तर पनि – असफल ! 

बाल्यकालमा मनमा सजिएको उनको तस्बिर आज सम्मान याद आउछ | मेरो जिन्दगिको पहिलो यादगार बन्न पुगिन उनि , बीचमा हामीहरु सम्पर्क बिहिन भयौ त्यो समयमा धरै नै सपना बाढ्ने सहयात्रीहरु भेटे मैले तर मेरो जीवनको प्राथमिकतामा पर्दैनन् तिनीहरु  अहिले पनि| जीवनमा अहिले उसको नै खोजि छ – जहाँ म उसको नजरमा लुप्त हुन पाए , जहाँ म उसको अंगालोमा बाधिन पाए, जहाँ म उसको  मुस्कानमा हराउन पाए, जहाँ म उसलाई घन्टौ हेरर संसार बिर्सेन पाए, भने साचै नै मेरो जीवनमा बसन्त छाउने थियो, तर कहाँ मैले सोच्या जस्तो हुँदो रहेछ र | मैले उनीसंग कुरा त गर्दै गए तर उसको नजरमा म गलत रहेछु | म पनि त्यस्तै स्वार्थी जुन बेलामा मन हुन्थो त्यो बेलामा मात्र बोल्ने अनि मनको कुरा पोख्ने | मेरो सहयात्रीहरुको बारेमा उनिलाई थाहा थियो, अनि तिनीले मलाई कसरि बिश्वास गर्ने – यसले मलाई माया गर्छ भनेर |

यस्तै दिनहरु बित्दै गयो, मैले पनि बेला बेलामा मात्र वास्ता गर्थे, मैले बेला बेलामा कुरा गर्दा भन्थे हामी कहिले भेट्ने ? हामी कहिले भटने? अनि उनको उत्तर – भेटौला नी कुनै दिन समय मिलाएर | धरै दिन बित्यो हाम्रो भेटघाट गर्ने समय पनि जुर्न धरै गाह्रो भयो | फेरी हामी बोल्न छाडौ | एक दुई दिन राम्रो संग बोल्यो भने हामी महिना दिन सम्मान बोलिदैन थियो  | म पनि मेरो काम र उनि पनि आफ्नो काममा ब्यस्थ हुन्थौ| अचानक एकदिन फेरी हामी बोलाऊ अनि मैले पुन: त्यहि कुरा सोधे – हामी कहिले भटने ? उनको उत्तर – हुन्छ भेटौला नी त अब |

उनिले त्यति भन्दा मेरो मनमा हर्षका बहरहरु पुन जागेर आयो| फेरी मिठा मिठा सपनाहरु देख्न पनि छाडिन | उनीसंग भेट्दा के कुरा गर्ने, कस्तो गर्ने, अनि कहाँ भेट्ने जस्ता कुराहरु ले मेरो मनलाई शान्ति दिएन | हाम्रो भेट गर्ने भन्ने दिन नजिक आउदै गर्दा मलाई एक किसिमले डर हुन सुरु भयो | उसलाई  भेट्दा म कस्तो देखिने हो ? भन्ने कुरा ले मलाई सतायो , अनि म आफ्नो सुन्दरताको खोजीमा सैलुन धाए, कपाल मिलाए, अनुहारमा कृतिम चमक भरे, बारम्बार ऎनामा हेरेर सुन्दरताको मुल्यांकन पनि आफै गरे, लाग्यो अरु दिनको भन्दा राम्रो भएछु | अझै पनि मेरो मनमा डरले डेरा नजमाएको त कहाँ हो र ?

भेट्ने दिन – उनीलाई भेट्न प्रतिक्ष्या गरिरहेको थीए, एक्कासी मेरो नजर आउदै गरेको उनि माथि पुग्छ, एक हातमा  Mobile अनि लम्कदै आइराको उनका लचक लचक चालका साथ उनीसंग जब नजर जुध्छ, लाग्छ चिसो तलाउमा चुर्लुम्ब डुबिरहेको छु, हावाका गति संगै फरफर गर्दै छन् उनका काला लामा केश राशीहरु, आहा ! साचै त्यो केश राशी भित्र बिलिन हुन पाए| कृतिम सजकज ले नसजीदा पनि साक्षात परी जस्तै लाग्यो |

शनिबारे दिन , चैते गर्मी  पनि उस्तै, मनमा भयानक डर, फेरी उनीलाई हेर्छु आनन्द हुन्छ अनि बाटोमा रिक्सावाला, ठेलावाला, पैदलयात्री, सडकपेटीमा समान फिँजाएर बेच्न बसेका पसले, साइकलमा फलफूल बेच्नेहरू । यिनै न हुन्— काठमाडौंका आम दृश्य । ।अनि आगतविगतको गफगाफ गर्दै अघि बढौ – हाम्रो गन्तब्यमा | हरेक बहानाका कुरामा  आफुलाइ साचो बनाउदै, रमाउदै गयौ |केही समय संगै बस्यौ | रुखको छहारीमा बस्दा हावाको गतिले सितलता थपिन्छ , अनि अक्सिजनको मात्राले फोक्सो भरेर आउछ – अनि संसारिक आनन्दको महसुस हुन्छ | कहिले काही नजर जुदधा मेरो खुसि को कुनै सिमा रहेन | लाग्यो पहिलो पटक भेट् भएको जस्तो तर हैन, हामी कक्षा २ देखी १० सम्म संगै पढेको ! मात्र बीचमा भेटघाट नभएको  |

समय बित्दै गयो अब हामी छुटिने बेला आयो, मेरो मनमा एउटा नरमाइलो छायाको प्रतिबिम्बले छायो | एउटा किस्सा छ नी" भेट्नु नै छुट्नु हो " | त्यसपछि हामी आफ्नो आफ्नो बाटो लाग्यौ |छुटेको ठाउँ बाट घर सम्म आइपुग्दा मेरा मनमा धरै नै कुराहरु खेल्न सुरु भयो, मन मस्तिकमा उसको मुस्कान, उसको चालले मेरो आखामा छपकै छाएको थियो, मात्र बाटोमा गन्तब्य लिएर म अघि बढी रहेको थीए | अनेक थरिका सपना, कल्पनाले मलाई सताई रह्यो | दिन बित्दै गयो हामी हरु अब राम्रो संग बोल्न सुरु गर्यौ | दैनिकी नजिक हुदै गयौ, एक अर्कालाइ राम्रो साबित गर्दै गयौ, एक अर्कालाइ सहयोगको भावना पनि सिर्जना भयो, अब उनिले मलाई केही हद सम्मान विश्वास गर्न सुरु गरिन, यस्तै राम्रो राम्रो दिन बित्दै गयो, Mobile  को चटिंगबाट नै खुसि बढ्न सुरु गर्यौ,  थाहा नै भएन कुन बेला उनीले मेरो मनमा डेरा जमाइन | फेरी मेरो मनमा एकप्रकार सवाल खडा भयो – माया को मिठो परिभाषा लिने की नलिने भनेर ? अर्थात् मैले उसलाई भन्ने की नभन्ने मेरो मन को कुरा | फेरी पत्याउने हो की हैन ?, बिश्वास गर्ने हो की हैन ?, यस्तै यस्तै सवालहरु ले मलाई दैनिकी ब्युझाउयो | कहिले काही त हिम्मत गर्छु, तर फेरी संसार नै मै माथि खस्यो जसरी अन्तर आत्मा देखि नै डर लाग्छ | मायाको सिंगो पन्नालाइ कच्याककुचुक  पारेर राखेको छु |

जिन्दगीले म संग हर रोज परिक्षा लीईरहेको छ – म पनि फेल र पासको दोसाधमा अल्जीएर बसेको छु |

बचपनामा उनिसंग को सपना, आज पनि उनिसंगै देखि रहेको छु | फरक यति मात्र हो – पहिला सपना देख्ने अधिकार थियो, अहिले छैन |

खै कहिले सम्म हुने हो ? यो लुकाछुपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन