२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोवाइलमा अल्झिएको प्रेम

२०७६, १९ बैशाख बिहीबार ०३:१२

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

म पनि त नयाँ नयाँ प्रविधिबाट अलग्गिन सकिन । एउटा थोत्रो खालको मोबाइल बोकेर हिड्न थाले । कही कतैबाट फोनको घन्टी बज्नासाथ हतार हतार फोन उठाउछु । एक पटक नयाँ नम्बरबाट फोन आएकोले मैले फोन गर्ने पात्र पहिल्याउन सकिन । हेलो को बोल्नुभएको र कसलाई खोज्नुभएको भनेर मैले सामान्य औपचारिकता दर्शाए । “के चिनेर पनि नचिनेको जस्तो स्वाँगे अभिनय गर्नुहुन्छ” भनेर उल्टै प्रतिप्रश्न तेस्र्याइन् । म अवाक भए । तैपनि पहिचान गर्ने चेष्टा गरे । सकेसम्म सम्झने र चिन्ने प्रयास गरे,न्वारानदेखिको बल बुद्धि लगाए तर मेरो कुनै बुता चलेन ।

पुनः नम्र स्वरमा भने “मैले हजुरलाई चिन्न मुस्किल पर्यो कृपया परिचय पाउन पाँए गफको शिलसिला अगाडि बढाउन सजिलो हुने थियो कि ?” अब त मानिस चिन्न पनि छोड्नु भएछ त । यसो के स्थानीय साप्ताहिक पत्रिकामा स्तम्भ चलाउन थाल्नुभएको छ अब त मान्छे चिन्न पनि छोड्नुभयो ? मलाई पनि ज्यादै जङ चल्यो । हजुरले गलत नम्बरमा फोन गर्नुभएको जस्तो छ । एक पटक राम्रोसँग नम्बर हेरेर फोन गर्नुहोला भनेर फोन राखिदिए ।

एक छिन पछि पुनः त्यही नम्बरबाट फोन आयो । फोन उठाए हेलो तपाईले कसलाई खोज्नुभएको हो ? मैले हजुरलाई नै खोजेको हो । कृष्ण उफान भनेको तपाई होइन ? म तपाईको लेखको फ्यान हूँ । मलाई तपाईको लेखहरू असाध्यै मन पर्छन् । म दोहोर्याई दोहोर्याई पढ्छु । त्यतिले पनि चित्त नबुझेर पुनः पढ्न विवश हुन्छु । असाध्यै चोटिला लेखहरू लेख्नुहुन्छ तपाईलाई धेरै धन्यवाद मात्र के भनेकी थिइन् । हजुर मेरो लेखको फ्यान बन्नुभएकोका धेरै धेरै धन्यवाद भन्दै फोन राखिदिए । मलाई यस्तरी फुक्र्याएको सायद जीवनमा नै पहिलो पटक हो । त्यसैले गर्वले आफ्नो नाक त घिरौलाभन्दा पनि ठूलो भएछ कि क्या हो भनेर हतार हतार नाक छामेको त के को घिरौला जत्रो हुनु नि । बदलिदो मौषमको कारण रूखाखोकी र मर्कीले गर्दा नाक भरी लत्पतिएको नाके सुली पो हात भरी लागेर बेहालत बनायो ।

पुनः मोबाइलमा घन्टी बज्न थाल्यो । मलाई हैरान नै बनाउने भइन् । करले फोन उठाए हेलो फेरि किन फोन गर्नुभएको भनेर प्रश्न तेस्र्याए । अरे किन रिसाउनुहुन्छ । मरी जाने चोलामा मरेर के लानु छ र ? किन मदेखि उतर्सिएर भाग्न लाग्नुभएको ? के फोनबाट गफ गर्न पनि लाज लाग्छ कि क्या हो ? भनेर प्रश्नहरू पो वर्षाउन थालिन् । अब चाहि साँच्चै नै मज्जाले गफ गर्ने विचारले उनको परिचय सोध्न थाले । तर उनले मलाई आफ्नो वास्तविक परिचय दिन हिचकिचाइन् । ठिकै छ, मेरो लेखलाई ध्यान दिएर पढ्नुभएकोमा हार्दिक धन्यवाद । अब आइन्दा घरी घरी फोन गरेर मलाई हैरान नपार्नु भएमा धेरैभन्दा धेरै राम्रो हुने थियो कि ? भन्दै फोन राखिदिए ।

म आफैले फोन नगर्नुहोला भनेर सरकारले राष्ट्रपतिलाई आफ्नो मान मर्यादामा रहनुहोला भनेर दिएको झै उनलाई चेतावनी दिए । पछि मन भरी उकुसमुकुस भएर खुल्दुलीले काइदाले डेरा जमायो । मलाई घरी घरी फोन गरेर मिठा मिठा गफ गर्ने, कोइलीको झै सुरिलो आवाज भएकी ती नारी आवाज कसको होला भन्ने कुराले मेरो मथिङ्गलमा घुमिरह्यो । जति सम्झाउन खोजे पनि मनले अटेर गरेर तिनकै फोनको प्रतिक्षामा बसिरहे । भोलिपल्ट पनि उही समयमा त्यही नम्बरबाट फोन आयो । मेरो प्रतिक्षाको घडी समाप्त भयो ।

अघिल्लो दिनकोभन्दा नम्र भएर मैले फोन उठाए हेलो आज फेरि किन फोन गर्नुभएको त ?मैले केही सेवा गर्र्नु पर्छ कि? “लामो सुस्केरा हाल्दै हरे ! किन त्यस्तरी आत्तिनु भएको ? एक जना केटीले फोन गर्दैमा के के न भएको जस्तो गरी आत्तिनुहुन्छ भने तपाईले जीवनमा के गर्न सक्नु होला र ? परेवाकोभन्दा पनि सानो मुटु छ कि क्याहो ? नआत्तिनुहोस् न तपाईलाई म मेरो मनका कुराहरू मन खोलेर भन्न चाहन्छु । यदि मलाई अनुमतिदिनुहुन्छ भने म मेरा मनमा गुम्सिएर बसेका, उकुसमुकुस भएर मडारिएका सबै कुराहरू ओकल्ने विचारमा छु । चाहना, आकांक्षा र रहरहरू तपाई समक्ष पेश गर्ने इच्छा छ ।” म ज्यादै दोधारमा परे । बाबुराम नेतृत्वको सरकार जस्तो । सरकारमा टासिएर बसिरहू भने संविधान बनाउनको लागि दम छैन ।

निर्वाचनमा जाउँ भने प्रतिपक्ष सधैं विरोधमा उत्रिरहन्छ । सरकारबाट बाहिरिन खोज्यो भने दलभन्दा बाहिरको बहादुरलाई सरकार छोडेर जानुपर्ने स्थिति आउँला जस्तो छ । अनुमति नदिउ भने घरी घरी फोन गरेर हैरान पार्छिन् । अनुमति दिउ भने कुन भड्खालोमा जाक्ने हो ? मानिसमा कुनै न कुनै स्वार्थ नभइकन यसरी कुनै अपरिचित व्यक्तिसँग नजिकिन खोज्दै खोज्दैन । स्वार्थी दुनियामा कुन माइकेलाल होला र अरूको हितको लागि मात्र काम गर्ने ? न प्रेम प्रस्ताव राखेर मेरो जिन्दगीको सुन्दर बगैंचामा भाइरस बनेर छिर्ने प्रयास गर्ने हुन् ? मेरो एउटा छुट्टै सानो घर संसार छ । मसँग जे छन् त्यहीमा सन्तुष्टिका साथ रमाइरहेको छु । आँट नभएको छोरो र रूप नभएको छोरीको काम छैन भन्ने हुन् कि ? कतै यस्तो अल्झोमा पारेर “तीन वटा गोरु हल पक्का दुई वटी स्वास्नी घर पक्का” भनेर मलाई अर्थ्याउने पो हुन् कि ? यस्तै यस्तै कुराहरू मेरा मनभरि जेलिएका छन् । नेपाली राजनीतिमा जस्तो सहमतिको डोरी तन्काएर राख्न पनि मन छैन । अर्को कुरा उनलाई आश्वासनमा अल्झाएर नेताहरूको जस्तो झुटो बोल्न पनि आउदैन । दुविधामा अल्झिएको मनले कहिले शान्ति पाउने हो ? नेपालीले आशा गरेको नयाँ नेपालको संविधान नपाए झै आशातित आशामा अल्झेर बसिरहनु पर्ने त होइन ? विज्ञ पाठक वृन्द ! प्रेममा भुक्तभोगी भएर प्रेम विश्वविद्यालयबाट पिएचडीको उपाधी पाइसक्नुभएको छ कि ? यदि प्रेममा विज्ञ हुनुहुन्छ भने मोबाइलमा अल्झिएको प्रेमबाट कसरी छुटकारा पाउने हो ? कुनै तौरतरिका भए मलाई सुटुक्क बताइदिनुहुन्छ कि ?

लेखक: कृष्ण उफान | मन्थली– २, रामेछाप  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा