२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

२०७६, २१ बैशाख शनिबार १८:३७

वैशाख २१, काठमाडौँ (रासस) | वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ ।

ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पुर्याएको भन्दै इतिहासविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रुपमा स्थापित जोशीले विसं २००८ मा कला पत्रिका प्रकाशन गर्नुभएको जनाइएको छ ।

यस्तै ‘नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कार’ पत्रकारद्वय सविना श्रेष्ठ (रातोपाटी डटकम) र पर्वत पोर्तेल (कान्तिपुर दैनिक) तथा ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार रेडियो सगरमाथाका रवि मानन्धरलाई प्रदान गरिएको छ । पुरस्कृत तथा सम्मानित सबैलाई जनही रु एक हजार १११ र ताम्रपत्र प्रदान गरिएको छ ।

ती सबै पुरस्कार आज यहाँ आयोजित एक कार्यक्रममा सभामुख कृष्णबहादुर महराले प्रदान गर्नुहुँदै पत्रकारिताका माध्यमबाट ललितकलाको विकास प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

"पत्रकारिता आफैँमा जटिल विषय भएको र त्यसमध्येको पनि ललितकला विधाको पत्रकारिता अझै गाह्रो छ”, भन्दै सभामुख महराले यस क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुलुक सङ्घीयतामा गइसकेकाले कला, साहित्य र संस्कृतिको प्रवद्र्धनलाई अझ फराकिलो ढङ्गले अघि बढाउन राज्यलाई दबाब दिन पनि सभामुख महराले आग्रह गर्नुभयो ।  


राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक श्याम रिमालको संयोजकत्वमा रामनाथ घिमिरे र प्रकृति दाहाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिको सिफारिशको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले ललितकला क्षेत्रमा लाग्ने लेखकलाई प्रोत्साहन गर्न पत्रकारिता जगतको महत्वपूर्ण भूमिका हुने भन्दै यसलाई थप प्रभावकारी बनाउन प्रतिष्ठानले पनि सहयोग गर्ने वचन दिनुभयो ।  इतिहासविद् जोशीले आगामी जेठ १५ गते नारायणहिटीको पूर्वी क्षेत्रमा निर्माण गरेको गणतन्त्र स्मारक सङ्ग्रहालयको भूमिगत दुईतले भवनमा नेपालको नक्सासहित  नेपालको सबै खाले बलिदानीपूर्ण सङ्घर्ष र परिवर्तनमा योगदान गर्नेको स्मरणमा सङ्ग्रहालय बन्न लागेको जानकारी दिँदै त्यससँग सम्बन्धित साहित्यकार, लेखक, विद्यार्थी तथा कलाकार (जो सम्झना लायक दस्तावेज) भए नेपाल कला परिषद्मा उपलब्ध गराउन आग्रह गर्नुभयो । 

उक्त सङ्ग्रहालयमा राजतन्त्रदेखि गणतन्त्रसम्म, लोकतन्त्र, प्रजातन्त्रलगायत सबै खाले सङ्घर्षमा बलिदान गर्नेको स्मरणमा उनीहसँग सम्बन्धित दस्तावेज राखिनेछ ।     समाजका अध्यक्ष केशवराज खनालले ललितकला क्षेत्रमा लाग्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत चार वर्षदेखि उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।

ललितकला पत्रकारितामा लागेका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले चार वर्षअघि स्व.‘नारायणबहादुर सिंह’ का नाममा पुरस्कार स्थापना गरिएको समाजले जनाएको छ । सिंहको नेपाली कला पत्रकारिता र कला समीक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । विसं २०१५ बाट गोरखापत्रमा आबद्ध हुनुभएका सिंहलाई नेपालमा ललिलतकला पत्रकारिता शुरु गर्ने श्रेय जान्छ । त्यस्तै मूर्तिकार कालु कुमालेको श्रीमती लक्ष्मीमाया कुमालेको नाममा पनि ललितकला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन