एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्छि चुक्को (लघुकथा)

२०७६, २८ चैत्र शुक्रबार १४:३३


एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो र त्यहाँ कैयौं मेहनती चराहरूदेखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे ।

एकताका त्यो जङ्गलमा चराहरुलाई भोकमारी परेछ । त्यसपछि खानेकुरा खोज्दै चराहरुलाई पनि टाढा-टाढासम्म जानु पर्थ्यो । बिहान सबेरै चारो खोज्न नजाने चराहरू बेलुका घर फर्किन सक्दैन थिए । त्यसैले अल्छी चराहरू गुड वरिपरि घुमेर फर्किन्थे । मेहनती चराहरूले बेलुका केही खाना ल्याई ख्वाउने गर्दथे । तर त्यहा अल्छि चराहरू मध्य चुक्को चरो पनि थियो । चुक्कोले पनि अरू मेहनती चराहरूले बोकेर ल्याएको चारो खान्थ्यो ।

विस्तारै खानाको अभाव बढ्दै गयो, चराहरू भोकले बिरामी हुन थाले । यो कुराले सबै चराहरू चिन्तित भए । अनि एउटा परेवाले सबै चराहरूलाई बिहानै उठेर भगवानसँग प्रार्थना गर्नु भन्यो । सबै चराले हो मा हो जनाए र भोलिपल्ट सबै चराहरूले प्राथना पनि गरे । तर चुक्को चरो भुसुक्कै निदाएर प्राथना गर्न बिर्सेछ । सबै चराहरू प्राथना सकेर चारो खोज्न गए तर चुक्को भने चारो खोज्न पनि चुक्यो ।

दिनभरी चारो खोज्ने चराहरु बेलुका पेटभरी खान पाएर खुशी हुँदै घर फर्के । शबैले भगवानलाई धन्यवाद पनि दिए । तर त्यही दिन भगवानले चुक्कोलाई आँसीको चुच्चो उपहार दिएपछि ऊ निकै खुशी भयो र सबैको गुँडमा गएर खुशी हुँदै भन्यो 'भगवान धनि कि म धनि ?' शबै चराहरू गदगद हाँसे । 

'बास्तबमा भगवानले चुक्कोलाई मृत्यूको उपहार दिएका थिए र मेहनतीलाई सभ्य बानी ।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन