लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढा"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनासँग आमने सामने

२५ भाद्र २०७७, बिहीबार १६:०९

लिला बल्लभ नेपाल | विराटनगर | विराटनगरमा एक जना नामुक बैद्य रहेछन् । उनले जस्तासुकै विरामीलाई पनि जोखाना हेरेकै भरमा औषधी दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा-टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न आउने भएकाले उनको घरमा सँधै धेरै भीड हुने भएर बैंकमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । धेरै नामुक तान्त्रिक बैद्य रहेछन् उनी । धेरै दीर्ग रोगिहरु पनि त्यहाँ उनको झारफुक र तान्त्रिक औषधी खाएपछि ठिक भएको कुरा त्यही आउने विरामीहरुले पनि बताए । 

विराटनगरमै बस्दै आएका रवि दाईले पनि त्यो कुरा सुने र ती तान्त्रिक बैद्यकोमा औषधी खान जान थाले । रवि पनि दिर्गघालिन पेटको विरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौं खर्च गरेछन् तर उनको त्यो विराम निको भएको रहेनछ । जब रविले ति तान्त्रिक बैद्यको बारेमा सुने त्यो बेला सम्म कोरोना महामारी विराटनगरमा छ्याप्छ्याप्ति भईसकेको थियो । एक दिन रवि विहानै तान्त्रिक बैद्यको औषधी खान भनेर गए । उनि त्यहा पुग्दा कोहि पनि आएका थिएनन् । तान्त्रिक बैद्यले भन्दै थिए 'आजकाल कोरोना महामारीका कारण मान्छेहरु आउन छोडे ।' रबिले बैद्य सँग गफ गर्दै गर्दा एकजना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । बैद्यलाई आफ्नो बारेमा हेर्न लगाईन् । बैद्यले जोखाना हेरेर भने तपाईंको श्रीमानको मृत्य भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिला सहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाँही काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना संक्रमणकै कारण मृत्य भएछ । 

उनको मार्मिक कहानी सुनेर रबि भावविह्वल भयो र औषधी बोकेर घर तिर लाग्यो । एक महिना पछि उसको औषधी सिद्धियो र रबि फेरी तान्त्रिक बैद्यकोमा विहानै गयो । ऊ विहानै बैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रबिले गेट खोल्यो, भित्रवाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन/चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गईहाल्नुस् । रबि झसंग झस्कियो र हतार-हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका बैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरु सबै कोरोना संक्रमित भईसकेका रहेछन् । त्यो घर सिल गरेको रहेछ । 

जीवनमा पहिलो पल्ट रबि कोरोना संक्रमितसँग आमने-सामने भएको थियो, उसको होशले ठाउँ छोडिसकेको थियो । उसलाई लाग्यो – उ कोरोना संक्रमित भईसकेको छ, रबिले चारैतिर अँध्यारो देख्यो, रबिलाई लाग्यो उ नरकको खाडिमा हाम फालिसकेको छ । रबि हतार-हतार दौडेर घर पुग्यो, पुरै नुवाई धुवाइ गर्‍यो । हात जीउभरी सेनिटाइजर दल्यो र आफुलाई सम्हाल्दै आफ्नो नियमित काममा ब्यस्त हुने प्रयास गर्न थाल्यो । रबि बिरामीनै भए पनि आत्मबल दरो भएको कारण उसलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दह्रो बनाउँ, सुरक्षित बसौं, सामाजिक दुरी कायम गरौं, आफुलाई कमजोर नसोचौं । सबैको जय होस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल