२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ?

९ कार्तिक २०८१, शुक्रबार १३:५०

काठमाडौँ | भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउन थालेको छ, जसले ओडिशा र पश्चिम बंगालमा जनजीवनमा ठूलो असर पारेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातका कारण ओडिशाको झण्डै आधा जनसङ्ख्या प्रभावित हुनसक्छ। चक्रवातको तीव्र हावाको गति ११० किलोमिटर प्रतिघण्टामा पुगेको छ, र यसले ओडिशाका केन्द्रपारा र भद्रक जिल्लामा ठूलो प्रभाव पारेको छ।

भारतमा उद्धार कार्य तीव्र, यातायात प्रभावित

चक्रवातलाई ध्यानमा राखी भारतीय नौसेनाले सहायता र उद्धार कार्य तयारी गरिरहेको छ। ओडिशा सरकारले ५ लाख ८४ हजार जनालाई सुरक्षित स्थानमा सार्दै ७,२०० चक्रवात केन्द्रहरू सञ्चालनमा ल्याएको छ। चक्रवातका कारण हवाई, रेल, र सडक यातायात प्रभावित भएको छ। भुवनेश्वर र कोलकाताका विमानस्थलमा उडान प्रभावित छन्, र करिब १५० रेलहरू रद्द गरिएका छन्।

नेपालमा असर कति?

बङ्गालको खाडीमा विकसित भएको ‘दाना’ चक्रवातको प्रभावले नेपालका केही क्षेत्रमा आंशिक मौसम परिवर्तन भएको छ। विशेषगरी कोशी प्रदेशमा केही स्थानमा हल्का वर्षा भएको छ भने मधेस र बागमती प्रदेशका केही भागमा बादल लागेको छ।

जल तथा मौसम विभागका अनुसार नेपालमा दाना चक्रवातको असर धेरै ठूलो नभए पनि आंशिक बदली र वर्षा देखापरेको हो। मौसमविद् गोविन्द झाले बताएअनुसार यो प्रभाव शुक्रवारदेखि नै कम हुँदै जानेछ, जसले गर्दा नेपालमा चक्रवातको असर शनिबारबाट न्यून रहन्छ।

आगामी दुई दिनको मौसम पूर्वानुमान:

भोलि शनिबार कोशी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आइतबार पनि देशका पहाडी भागमा सामान्य वर्षा देखापर्न सक्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान