२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का

२८ पुष २०८१, आईतवार १४:३२

वीरगञ्ज | वीरगञ्जमा जारी जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेटमा मधेश प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पाएको २८ रनको सामान्य लक्ष्य उसले २ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि दोस्रो पारीमा इमरान शेखले नटआउट ८ र वसिर अहमदले ४ रन बनाए । मधेशका लागि रञ्जित कुमार र प्रदिव पासवानले एक एक विकेट लिए । आर्मीको पहिलो जित हो । जितसँगै उसले फाइनल खेल्ने पक्का भएको छ ।

फ्लोअनमा परेको मधेश आइतबार दोस्रो दिनको खेलमा १५० रनमा अलआउट हुँदा उसको अग्रता मात्र २७ रन मात्र थियो । आर्मीले पहिलो पारीमा २२५ रनमा ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो ।

त्यसपछि ब्याटिङ गरेको मधेश पहिलो पारीमा १०२ रन बनाउँदा अलआउट भयो र उसले फ्लोअन खेल्नुपरेको थियो । तर, मधेशका लागि ओपनर मयन यादवबाहेक अन्य ब्याटरले राम्रो खेल्न नसक्दा उसले २८ रनको सामान्य लक्ष्य दिएको हो ।

मधेशका लागि दोस्रो पारीमा मयन यादवले ४९ रन बनाए भने कप्तान हरिशंकर साहले २५ रन बनाए । मयनले पहिलो पारीमा ११ रन बनाएका थिए ।

मधेशको ब्याटिङ ध्वस्त बनाउने क्रममा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने उनले पहिलो पारीमा एक विकेट लिएका थिए । यस्तै शाहाब आलमले पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ विकेट लिए ।

उता जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन पुलिस क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ । बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । पुलिसले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य पाएको हो ।

बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए ।

पुलिसका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने