९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि…

१ माघ २०८१, मंगलवार १७:१३

काठमाडौँ | गोवाबाट मुम्बई जाँदै गरेको इन्डिगोको उडानमा बम विस्फोट भएको हल्ला फैलियो । यसपछि विमानको सुरक्षा जाँच गरियो र मुम्बई विमानस्थलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

सुरक्षा जाँच गरेको करिब एक घण्टा पछि आपत्कालीन अवस्था हटाइएको छ । इन्डिगोका प्रवक्ताले बताएअनुसार उडान नम्बर ई ५१०१ लाई मुम्बई विमानस्थलमा अवतरण गरेपछि आइसोलेसन बेमा पठाइएको थियो । सबै यात्रुहरूलाई सुरक्षित रूपमा ओरालियो ।

चेकजाँचका क्रममा विमानमा कुनै बम भेटिएन । सम्बन्धित अधिकारीहरूबाट अनुमतिपछि विमानलाई टर्मिनलमा फिर्ता पठाइएको प्रवक्ताले भनेका छन् । उक्त विमानभित्र कति यात्री थिए भन्ने कुरा एयरलाइन्सले खुलाएको छैन ।

विमानमा एउटा नोट फेला परेको र यसमा बमको धम्की भएको विमानस्थलका एक अधिकारीले मंगलबार बताएका छन् । राति करिब १०ः३० बजे मुम्बई विमानस्थलमा आपत्कालीन अवस्थाको घोषणा गरिएको र राति ११ः३० बजे यसलाई फिर्ता लिइएको बताइएको छ । पछिल्लो समय भारतीय विमानमा बम राखेको धम्की बढेको छ । गएको वर्ष अक्टोबर र नोभेम्बरमा कयौँ उडानहरूमा बम राखेको झुटा धम्की प्राप्त भएको थियो । यस्ता धम्कीका कारण यात्रुहरूले समस्या समेत भोग्नुपरेको थियो । यस्ता घटनाका कारण एयरलाइन्सहरूले पनि घाटा बेहोर्नु परेको थियो ।

कडा पारेको छ सरकारले नियम

आधिकारिक तथ्याङ्क अनुसार, भारतीय विमान सेवा प्रदायकहरूले अक्टोबरमा मात्रै बम राखेको भन्दै ६६६ वटा झुटा धम्की पाएका थिए । गएको वर्ष नोभेम्बर १४ सम्म ९९९ वटा यस्ता धम्की प्राप्त भएका थिए । यस्ता घटना बढेपछि सरकारले विमान सुरक्षा नियमहरूमा संशोधन गरेको छ । यस्ता झुटा धम्की दिने वा फोन गर्नेहरूलाई सजाय हुन सक्नेछ र उनीहरूको उडानमा प्रतिबन्ध पनि लाग्न सक्नेछ । नयाँ नियम अन्तर्गत, अपराधीलाई १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यसबाहेक, कुनै पनि व्यक्ति वा व्यक्तिहरूको समूहलाई विमानमा प्रवेश गर्न अस्वीकार गर्ने अधिकार नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) का महानिर्देशकसँग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता