३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

२६ चैत्र २०८१, मंगलवार १२:३०

काठमाडौँ | केही दिनअघि अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो । नेकमेक भनेको हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने संस्था हो ।

नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड पत्ता लगाएको थियो । भिडिओमा देखिएकी बालिका समस्यामा परेको पहिचान गर्दै नेकमेकले ब्युरोलाई साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत उक्त सूचना पठाएको थियो । त्यस घटनालाई प्रमाणित गर्ने कागजात‍, आरोपीको मोबाइल नम्बर, जिमेल अकाउन्ट जस्ता विवरण पाएपछि साइबर ब्युरोको टोलीले विस्तृत अनुसन्धान थाल्यो ।

त्यस क्रममा उक्त मोबाइल नम्बर र जिमेल अकाउन्ट वीरगञ्जका व्यक्तिले चलाएको फेला पार्‍यो । र, इन्सपेक्टर नेतृत्वको टोली २२ चैतमा वीरगञ्ज पुग्यो ।“हामीले त पहिले ती व्यक्तिले अरुको भिडिओ आफ्नो ड्राइभमा राखेका होलान् भन्ने अनुमान गरेका थियौं,” टेकपानासँग कुरा गर्दै जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने, “तर, हामीले ती व्यक्तिलाई पक्राउ गरेपछि जे कल्पना गरेका थिएनौं त्यही देखियो ।”

वास्तवमा करणी गर्ने बालिकाका सौतेनी बुबा थिए । यो प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जानकारी हो । “मुस्लिम समुदायका रहेछन् । नाबालिकाको जन्मदर्ता नै बनाएको रहेनछ । कतिबेला आफ्नै छोरी भन्छन्, कतिबेला अरूको छोरी पालेको भन्छन्, कतिबेला श्रीमतीको पूर्वपतिको छोरी भन्छन्, आमाले पनि वास्तविक कुरा भनेकी छैनन् । हामी काउन्सिलिङ गरिरहेका छौं,” प्रहरी नायब उपरीक्षक लम्सालले थपे ।

नाबालिकालाई उद्धार गरी प्रहरीले सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक लम्सालले सुनाए । नाबालिकाको तर्फबाट जाहेरी दिने कोही नभएपछि प्रहरीले आफैले जाहेरी दिएर थप अनुसन्धान गरिरहेको छ । बुबा नाता पर्ने आरोपी व्यक्तिले नाबालिकालाई करणी गरेको भिडिओ खिचेर फोनमा राखेको र उक्त भिडिओ स्वतः गुगल फोटोजमा भण्डारण भएपछि नेकमेकको सिस्टमले पहिचान गरेको बताइएको छ ।

आरोपी व्यक्तिलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिप्रका पर्साको हिरासतमा राखेर दुई ओटा कसुरमा अनुसन्धान भइरहेको छ । एउटा करणी सम्बन्धी कसुर र अर्को विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आरोपित युवकमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए