४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ

२६ चैत्र २०८१, मंगलवार १५:३७

काठमाडौँ | हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार २०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरेका थिए। हत्या गरेपश्चात तेली फरार थिए। सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।

हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए। उनलाई २०८१ चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो। तेलीलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह