२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ

२०८१, २६ चैत्र मंगलवार १५:३७

काठमाडौँ | हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार २०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरेका थिए। हत्या गरेपश्चात तेली फरार थिए। सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।

हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए। उनलाई २०८१ चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो। तेलीलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश