काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताएका छन्। ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरान अमेरिकासँग सम्झौता गर्न चाहने तर कसरी भन्ने कुरा उसलाई थाहा नभएको टिप्पणी गरे।
‘हामीले शनिबार भेटेका थियौँ। अर्को शनिबार फेरि भेटवार्ता हुँदै छ’, ट्रम्पले भने, ‘तर इरानले आणविक हतियारको विचार त्याग्नुपर्छ। उनीहरूसँग यी हतियार हुनुहुँदैन।’ट्रम्पले थपे, ‘आवश्यक परेमा हामी कडा कदम चाल्नेछौँ। हाम्रा लागि होइन, संसारका लागि। यी कट्टरपन्थी हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन।’
आणविक मुद्दामा पहिलो चरण गत शनिबार अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भएको थियो। अब अर्को शनिबार फेरि वार्ता हुनेछ। बीबीसीका अनुसार सम्झौता भयो भने इरानविरुद्धका अमेरिकी प्रतिबन्ध खुकुलो हुन सक्छन्।