२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जमुनाह नाकामा कडाइ

३ बैशाख २०८२, बुधबार १४:४५

राँझा (बाँके) । सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ । दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगन्जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

“एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगन्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो”, उहाँले भन्नुभयो, “राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाहनाकामा कडाइ गरिएको छ ।”

ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको उहाँको भनाइ छ । नेपालगन्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाहनाकामा भन्सार कडाई गर्न पटकपटक आग्रह गर्दै आएका थिए ।

“भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ”, बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ ।”

नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । गत आवमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१÷८२ का लागि गत आवको तुलनामा रु एक अर्ब घटाइएको थियो । गत आव २०८०÷८१ का लागि रु २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकामा घटाएर चालु आवमा भन्सार असुली लक्ष्य रु २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।

यद्यपि गत आवमा रु १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजस्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आवका लागि रु २७ अर्ब बढी तोकिएकाले चालु आवमा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ साउनदेखि फागुनसम्म रु १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आवमा रु २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिनामा ४६ दशमलव पाँच प्रतिशतमात्र राजस्व सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव