२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

२०८२, ४ बैशाख बिहीबार १८:३१

(रासस/एएफपी) ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।

तीस वर्षीया मेघना आलमलाई सुरुमा यस दक्षिण एसियाली राष्ट्रको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना पक्राउ गरिएको थियो । उक्त कानूनले संदिग्धहरूलाई अनिश्चितकालका लागि हिरासतमा राख्न अनुमति दिन्छ ।

प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले आलमलाई अब कथित ब्ल्याकमेल योजनामा जबरजस्ती वसूलीको आरोप लगाइएको बताउनुभयो ।

अर्का एकजना वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई आलम र अन्यले कूटनीतिज्ञलाई पैसा हस्तान्तरण गर्न बाध्य पार्ने योजना बनाएको बताए ।

“बङ्गलादेशमा साउदी अरबमा प्रवासी कामदारहरूको सङ्ख्या सबैभन्दा बढी छ । सरकार कूटनीतिक सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, अधिकारीले भने ।

साउदी अरब बङ्गलादेशलाई आर्थिक र मानवीय सहायताको निरन्तर दाता हो र यसका २० लाखभन्दा बढी बङ्गलादेशी कामदारहरू राज्यमा विदेशी मजदुरहरूको सबैभन्दा ठूलो समूह हो ।

आलम बिहीबार अदालतको सुनुवाइका क्रममा कानूनी सल्लाह बिना उपस्थित भएकी थिइन् र उनले आफ्नो गिरफ्तारी रद्द गर्न आग्रह गर्दै उनीविरुद्ध लगाइएका आरोपलाई अस्वीकार गरिन् ।

डेली स्टार अखबारले आलमलाई कूटनीतिज्ञले सम्पर्क गरेको भन्दै रिपोर्ट गरेको थियो । कूटनीतिज्ञले उनलाई सम्बन्ध सुरु गर्न आग्रह गरेका थिए ।

उनका बुबा बदरुल आलमले पनि ‘राजदूत र मेघना सम्बन्धमा थिए’ भन्नुभएको छ । “मेरी छोरीले उनको विवाह प्रस्ताव अस्वीकार गरिन् किनकि उनको पहिले नै श्रीमती र बच्चाहरू छन्”, उहाँले गिरफ्तारीपछि भन्नुभयो ।

ढाकास्थित साउदी दूतावासले बिहीबार प्रश्नहरूको जवाफ दिएन ।

अप्रिल ९ मा आलमको गिरफ्तारीपछि मिस अर्थ बङ्गलादेश सौन्दर्य प्रतियोगिताको पूर्व विजेता मोडललाई ‘राज्यको सुरक्षामा बाधा पुर्‍याएको’ र ‘देशको आर्थिक हितमा पूर्वाग्रह राखेको’ आरोप लगाइएको प्रहरीले जनाएको छ ।

विशेष अधिकार ऐनअन्तर्गत उनको नजरबन्दको अधिकार समूहहरूले आलोचना गरेका थिए । “हामी अधिकारीहरूलाई या त मेघनालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अपराधको आरोप लगाउन वा उनलाई रिहा गर्न आह्वान गर्दछौँ”, एम्नेस्टी इन्टरनेशनलले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न