२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ

४ बैशाख २०८२, बिहीबार १८:३१

(रासस/एएफपी) ढाका । यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।

तीस वर्षीया मेघना आलमलाई सुरुमा यस दक्षिण एसियाली राष्ट्रको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना पक्राउ गरिएको थियो । उक्त कानूनले संदिग्धहरूलाई अनिश्चितकालका लागि हिरासतमा राख्न अनुमति दिन्छ ।

प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले आलमलाई अब कथित ब्ल्याकमेल योजनामा जबरजस्ती वसूलीको आरोप लगाइएको बताउनुभयो ।

अर्का एकजना वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई आलम र अन्यले कूटनीतिज्ञलाई पैसा हस्तान्तरण गर्न बाध्य पार्ने योजना बनाएको बताए ।

“बङ्गलादेशमा साउदी अरबमा प्रवासी कामदारहरूको सङ्ख्या सबैभन्दा बढी छ । सरकार कूटनीतिक सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, अधिकारीले भने ।

साउदी अरब बङ्गलादेशलाई आर्थिक र मानवीय सहायताको निरन्तर दाता हो र यसका २० लाखभन्दा बढी बङ्गलादेशी कामदारहरू राज्यमा विदेशी मजदुरहरूको सबैभन्दा ठूलो समूह हो ।

आलम बिहीबार अदालतको सुनुवाइका क्रममा कानूनी सल्लाह बिना उपस्थित भएकी थिइन् र उनले आफ्नो गिरफ्तारी रद्द गर्न आग्रह गर्दै उनीविरुद्ध लगाइएका आरोपलाई अस्वीकार गरिन् ।

डेली स्टार अखबारले आलमलाई कूटनीतिज्ञले सम्पर्क गरेको भन्दै रिपोर्ट गरेको थियो । कूटनीतिज्ञले उनलाई सम्बन्ध सुरु गर्न आग्रह गरेका थिए ।

उनका बुबा बदरुल आलमले पनि ‘राजदूत र मेघना सम्बन्धमा थिए’ भन्नुभएको छ । “मेरी छोरीले उनको विवाह प्रस्ताव अस्वीकार गरिन् किनकि उनको पहिले नै श्रीमती र बच्चाहरू छन्”, उहाँले गिरफ्तारीपछि भन्नुभयो ।

ढाकास्थित साउदी दूतावासले बिहीबार प्रश्नहरूको जवाफ दिएन ।

अप्रिल ९ मा आलमको गिरफ्तारीपछि मिस अर्थ बङ्गलादेश सौन्दर्य प्रतियोगिताको पूर्व विजेता मोडललाई ‘राज्यको सुरक्षामा बाधा पुर्‍याएको’ र ‘देशको आर्थिक हितमा पूर्वाग्रह राखेको’ आरोप लगाइएको प्रहरीले जनाएको छ ।

विशेष अधिकार ऐनअन्तर्गत उनको नजरबन्दको अधिकार समूहहरूले आलोचना गरेका थिए । “हामी अधिकारीहरूलाई या त मेघनालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अपराधको आरोप लगाउन वा उनलाई रिहा गर्न आह्वान गर्दछौँ”, एम्नेस्टी इन्टरनेशनलले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर