२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने

८ बैशाख २०८२, सोमबार २१:३८

(रासस/सिन्ह्वा) शाङ्घाई । चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्। यो खोज विद्युतीय सवारीसाधनको क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने विश्वास गरिएको छ ।

लिथियम ब्याट्री एक प्रकारको रिचार्जेबल (पुनः चार्ज गर्न मिल्ने) ब्याट्री हो, जसमा उर्जा सञ्चय र उपयोगका लागि लिथियम आयनहरूको प्रयोग गरिन्छ। यसमा दुईवटा इलेक्ट्रोडहरू (एनोड र क्याथोड) हुन्छन् र तिनीहरू बीच लिथियम आयनहरू चार्ज हुँदा एक दिशातर्फ र डिस्चार्ज हुँदा अर्को दिशातर्फ सर्छन्। लिथियम ब्याट्री हल्का, लामो समय टिक्ने, छिटो चार्ज हुने र उच्च उर्जा क्षमता भएको हुन्छ, जसले गर्दा यो मोबाइल, ल्यापटप, विद्युतीय गाडी तथा सौर्य उर्जा प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ ।

हाल चीन लिथियम ब्याट्री उत्पादन र प्रविधिमा अग्रणी राष्ट्र बनेको छ। जापान र कोरियाजस्ता देशहरूसँग नयाँ ब्याट्री प्रविधिमा मित्रवत प्रतिस्पर्धा गर्दै, चीनले थप प्रगति गरिरहेको छ ।

ब्याट्री बिग्रनुको कारण 

सामान्य ब्याट्रीमा झोल पदार्थ प्रयोग हुने भए तापनि, लिथियम ब्याट्रीमा कडा पदार्थ प्रयोग हुन्छ। चार्ज गर्ने क्रममा लिथियम फैलिँदा र खुम्चिँदा यस्तो ठोस पदार्थमा चिरा पर्न सक्छ, जसले ब्याट्रीलाई असर पु¥याउँछ ।

टोङ्जी विश्वविद्यालय र हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमार्फत लिथियम धातु बारम्बार प्रयोग हुँदा कमजोर बन्न सक्ने पत्ता लगाएका छन्, जसले ब्याट्री बिग्रन सक्छ ।

यस अध्ययनलाई साइन्स नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ। यसले ब्याट्रीको आयु अनुमान गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।

भविष्यका लागि सकारात्मक सङ्केत

यस्तो ब्याट्रीहरू परम्परागत ब्याट्रीभन्दा धेरै ऊर्जा संचित गर्न सक्ने, सानो आकारको, सुरक्षित र दीर्घकालीन हुने भएकाले आगामी दिनमा यसको प्रयोग व्यापक रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

चिनियाँ वैज्ञानिक टोली र अग्रणी कम्पनीहरूबीच सहकार्य हुँदै गएको छ । कतिपय कम्पनीहरूले सन् २०२७ भित्र सानो स्तरमा उत्पादन सुरु गर्ने योजना बनाएका छन् भने सन् २०३० तिर यसको व्यापक प्रयोग हुने सम्भावना रहेको बताइएको छ ।

चीनसँग बलियो उत्पादन क्षमतासहितको बजार, वैज्ञानिक स्रोत र प्रविधि उपलब्ध भएकाले यस्तो नयाँ प्रविधिमा अझ राम्रो प्रगति हासिल हुने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक