2026-07-28 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै

काठमाडौँ | दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको दुःखद निधनपछि दोषी ठहरिएका मुख्य संदिग्ध धरौटीमा रिहा भई फरार भएपछि मानव अधिकारकर्मीहरूले न्याय प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘द साइलेन्सिङ वुमन प्रोजेक्ट’ नामक गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार, सन् २०२४ मा मात्र केन्याका १० वटा काउन्टीहरूमा १७० भन्दा बढी महिलामाथि हत्या (फेमिसाइड) का घटनाहरू भएको उल्लेख गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो ।

फेमिसाइड भन्नाले त्यस्ता हत्या जनाइन्छ, जुन प्रायः पार्टनर, पति वा पारिवारिक सदस्यबाट हुने गर्दछ र जसमा पीडितको लैङ्गिकता मुख्य कारण बन्न पुग्दछ ।

एग्नेस टिरोप, जसले दुईपटक विश्व एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेकी थिइन्, उहाँको सन् २०२१ को अक्टोबरमा हत्या भएको थियो । प्रमुख आरोपी उहाँका श्रीमान् इब्राहिम रोतिच थिए । उनलाई हत्या भएको भोलिपल्ट मोम्बासा सहरबाट पक्राउ गरिएको थियो । तर सन् २०२३ नोभेम्बरमा चार लाख केन्यन शिलिङ (झन्डै २७०० अमेरिकी डलर) धरौटीमा रिहा गरिएपछि उनी फरार भएका हुन् ।

टिरोपका पिता भिन्सेन्ट टिरोपले न्याय प्रणालीप्रति निराशा व्यक्त गर्दै भन्नुभयो, “हामीले आशा गरेका थियौं कि छोरीको हत्यामा राज्य संयन्त्रले न्याय दिलाउनेछ, तर हालको अवस्था अत्यन्त दुःखद छ ।” पीडित पक्षका कानुनी प्रतिनिधि रिचार्ड वारिगीले पनि रोतिचको धरौटीप्रति असहमति जनाउँदै उनलाई उच्च जोखिमयुक्त व्यक्तिको रूपमा चित्रण गरेका थिए ।मानव अधिकार अभियन्ता राचेल म्विकालीका अनुसार, “एउटी अन्तर्राष्ट्रिय खेलाडीको हत्यामा यस्तो अवस्था देखिएको छ भने, अन्य नदेखिएका घटनाहरूमा अवस्था झनै चिन्ताजनक हुनसक्छ ।”

त्यस्तै, ‘साइलेन्सिङ वुमन प्रोजेक्ट’ की प्रतिनिधि जÞाहा इन्डिमुलीले प्रहरी प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै अनुसन्धान र पीडितको सुरक्षामा गम्भीर त्रुटिहरू देखिएको बताउनुभयो । यद्यपि, प्रहरी महानिरीक्षक जुडी लामेटले प्रहरीलाई लैङ्गिक हिंसासम्बन्धी आवश्यक तालिम दिइएको र पीडितहरूको सहयोगका लागि टोल–फ्री सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

एम्नेस्टी इन्टरनेशनलकी जÞैना कोम्बोले न्याय सम्पादन प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै अनुसन्धान प्रयोगशाला तथा सरकारी वकिलहरूको कार्यभार बढी रहेको कारणले समस्या बढेको बताउनुभयो । साथै, उहाँले राजनीतिक इच्छाशक्तिको कमीले पनि न्याय प्रक्रियामा प्रभाव पारिरहेको धारणा राख्नुभयो ।

राष्ट्रपति विलियम रुटोले यस समस्यालाई सम्बोधन गर्न लैङ्गिक हिंसासम्बन्धी कार्यदल गठनको प्रतिबद्धता जनाए तापनि, केही अधिकारकर्मीहरू उक्त प्रतिबद्धताको प्रभावकारिताप्रति आशंका व्यक्त गर्दै आएका छन् । युवा पुस्ताले यस्ता घटनाप्रति संवेदनशीलता देखाउन थालेका सङ्केतहरू पनि देखिएका छन् । केही समयअघि नैरोबी नजिकैको एक विश्वविद्यालयमा भएको शान्तिपूर्ण जागरण कार्यक्रममा केही पुरुष विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको आयोजक डायना नेकेसाले बताउनुभयो । उहाँका अनुसार, “सबै पुरुषहरू हाम्रो अभियानमा साथ थिए भन्ने त होइन, तर महत्वपूर्ण सङ्ख्यामा सकारात्मक सोच भएका विद्यार्थीहरू देखिए, जुन भविष्यका लागि आशाको संकेत हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा