२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की

२०८२, १२ बैशाख शुक्रबार १७:१६

काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न यही वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सातवटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी–व्यवसायीलाई रु ५० लाखदेखि रु तीन करोडसम्मको ऋणका लागि धरौटी रकमसमेत सुनिश्चित गरिदिने प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट लाभान्वित हुन सबैसँग आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवद्र्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले विकास निर्माणका नाममा हाम्रा परम्परागत मौलिक सभ्याता र संस्कृतिमा आँच आउन दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग–व्यवसायी हेमराज ढकाल, शैलेन्द्र गुरागाईं, राकेश सुराना, पदमलाल भण्डारी, आदित्य पराजुलीलगायतका वक्ताले लगानी सम्मेलनको महत्व र अपेक्षित उपलब्धिका विषयमा धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहयोग र सहकार्यमा आसन्न लगानी सम्मेलन सफल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश