2026-07-03 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी

काठमाडौँ । शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी  दिएका छन्  । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आह्वान गरेका छन् ।

विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा पुगेका खनालले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले एक महिनासम्म पनि सरकारले शिक्षकका माग नसुनी सरकार तानाशाही तरिकाले दमनको बाटोमा लागेको बताए । ‘सरकारले जसरी तानाशाही तरिकाले दमन गरिरहेको छ, यसको हामी घनघोर भर्त्सना गर्दछौँ, विरोध गर्दछौँ ।

शिक्षकहरू भनेको यो देशको यो देशको बालबालिकालाई शिक्षित गर्ने गुरुआमा हुन्,’ खनालले भने, ‘उहाँहरूका मागलाई पहिलो प्राथमिकताका साथ समाधान गर्नुपर्छ । अन्यथा यो भन्दा ठुलो जनआन्दोलनको प्रतीक्षा बस्नुपर्छ सरकार ।’

शिक्षकका माग नसुन्नु सरकारको अकमर्णयता र जनविरोधी चरित्र रहेको बताउँदै त्यसको विरोध गरे । शिक्षक आन्दोलनका क्रममा ऐक्यबद्धता जनाउँदा सडकमा पुगेका नेकपा एसका अध्यक्षसहितका नेताहरूलाई शिक्षकहरू फर्काएका थिए ।

त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता खनालले देशको शिक्षा व्यवस्थामा अहिले पनि २०२८ सालको ऐन लागू भइरहेको बताए ।

आफू प्रधानमन्त्री हुँदा १६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाएको बताउँदै त्यसपछि कुनै पनि सरकारले त्यति बजेट छुट्याउन नसकेको बताए ।

देशमा ठुलो परिवर्तन भएको अवस्थामा ऐन भने २०२८ सालकै लागू भइरहेको बताउँदै तुरुन्तै ऐन ल्याउनुपर्ने अवस्थामा सरकारले अहिले पनि ध्यान दिन सकेको बताए ।

शिक्षकहरूले थालेको आन्दोलनमा आफूहरूको अन्तिमसम्म समर्थन रहने बताए । नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले शिक्षकको आन्दोलनको विरोध गरेकी थिइन् ।

उक्त विषयमा नेता खनालले जसले आलोचना गरेको त्यो गलत भएको बताए । नेकपा एसले अन्तिम समयसम्म शिक्षकहरूको आन्दोलनमा समर्थन गर्ने प्रतिबद्धता जनाए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक