2026-09-27 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकासँग अर्को आणविक वार्ता शनिबार रोममा हुने इरानको घोषणा

इरान र अमेरिकाले शनिबार रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेशमन्त्रीले बताउनुभएको छ ।

लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले कार्यक्रमको विषयमा सम्झौताको लक्ष्य राखेर तीन चरणको वार्ता गरिसकेका छन् । पश्चिमी देशहरूका अनुसार इरानको युरेनियम संवर्धन आणविक हतियार विकास गर्ने उद्देश्यले बनाइएको हो । तेहरानले उक्त आरोपलाई अस्वीकार गर्दछ ।

ओमानको मध्यस्थतामा अप्रिल १२ मा सुरु भएको वार्ता दुई पक्षबीच वर्षौंदेखिको उच्च स्तरको सम्पर्क हो ।

“वार्ताको अर्को चरण रोममा हुनेछ”, विदेशमन्त्री अब्बास अराघचीले बुधबार मन्त्रिपरिषद्को बैठकपछि भन्नुभयो ।

इरानी अधिकारीहरूले शुक्रबार सन् २०१५ को आणविक सम्झौताका पक्षहरू बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूसँग पनि भेट गर्ने उहाँले जानकारी दिनुभयो ।

यो सम्झौताले इरानको आणविक गतिविधिहरू रोक्ने बदलामा प्रतिबन्धहरू हटाउन आह्वान गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टन उक्त सम्झौताबाट पछि हटेको थियो ।

फ्रान्सले युरोपेली त्रिगुटले प्रतिबन्धहरू पुनः लागू गर्नसक्ने धम्की दिएपछि इरानको संयुक्त राष्ट्र मिसनले ‘धम्की र आर्थिक ब्ल्याकमेल’ ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।

“वास्तविक कूटनीति धम्की वा दबाबमा अगाडि बढ्न सक्दैन”, इरानको आइएसएनए समाचार एजेन्सीले बुधबार प्रकाशित गरेको पत्रमा कूटनीतिक मिसनले भनेको छ ।

ट्रम्पले मार्चमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई एउटा पत्र पठाएर इरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै वार्ता गर्न आग्रह गर्नुभएको थियो ।

जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा जस्तै ‘अधिकतम दबाब’ प्रतिबन्ध अभियानलाई पुनर्जीवित गर्नुभएको छ ।

तेहरानले जारी वार्तामा आणविक मुद्दा र प्रतिबन्ध हटाउने कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

शनिबार ओमानको राजधानी मस्कटमा भएको अन्तिम चरणमा दुवै पक्षले प्रगति भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह