२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१८ बैशाख २०८२, बिहीबार १६:०७

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

आज यहाँस्थित वीरेन्द्र सभागृहमा आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ उद्घाटन गर्दै उहाँले शान्तिसुरक्षाको अवस्था राम्रो रहेकाले लगानीकर्ताले ढुक्क भएर उद्योग, व्यापारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

कोशी प्रदेशमा आवश्यक विकासका पूर्वाधार तयार भइसकेकाले लगानीकर्तालाई कुनै पनि असुविधा नहुने उहाँले बताउनुभयो । एसियाली मापदण्डमा पूर्व पश्चिम राजमार्ग स्तरोत्रति गरिरहेको उल्लेख गर्दै हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गले पनि लगानीकर्तालाई व्यापार, व्यवसाय विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।

आज अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रधामन्त्री ओलीले भत्रुभयो, “सरकारले ‘आइएलओ’को सिद्धान्तलाई सर्वोपरि मानेको छ, त्यसैले यहाँ उद्यमी, श्रमिक र सरकारबीच कुनै झन्झट र विवाद छैन ।” कोशी प्रदेशमा धार्मिक, प्राकृतिक सम्पदा र शिक्षा एवं स्वास्थ्यका क्षेत्रमा लगानी गर्न उपयुक्त हुने धारणा उहाँले राख्नुभयो ।

देशको कुल गार्हस्थ उत्पादनमा कोशी प्रदेशको भूमिका अग्रणी रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले युवा विदेश होइन, अब स्वदेशमै उद्यमी बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमीका लागि ब्याज अनुदानभन्दा कम ब्याजमा ऋण उपलब्ध गराउन सकिने र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न लगानी सम्मेलन कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता आएको थोरै समयमा कोशी प्रदेशले पहिलो पटक लगानी सम्मेलन गरिरहेको र यसबाट राष्ट्रिय पुँजी निर्माण तथा रोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले रु एक खर्बभन्दा बढी पुँजी परिचालन हुने लगानी सम्मेलनबाट लगानीकर्तामा उत्साह थपिएको बताउँदै स्वदेशी, गैरआवासीय, विदेशी लगानीकर्ता र प्रदेशले लाभ लिने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले आठ वटा क्षेत्रमा ७१ वटा परियोजना सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । लगानीकर्ताको लगानी खेर जान नदिन नीतिगत प्रतिबद्धता सरकारले जनाइसकेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरु कोशी प्रदेशमा लगानी गर्न तत्पर रहेको जनाउँदै लगानी हुने स्थानमा स्थानीय तहदेखि राजनीतिक दलको सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव