२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

२२ बैशाख २०८२, सोमबार १२:२०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गर्नुभएको छ । सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उहाँले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गर्नुभएको थियो ।

ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भन्नुभयो । “उनीहरूले लागुऔषध बेचेर र हाम्रा मानिसहरूलाई नष्ट गरेर धन कमाएका छन्, हामीले गत वर्ष तीन लाख मानिसलाई फेन्टानिल र लागुऔषधका कारण गुमाएका थियौँ”, ट्रम्पले भन्नुभयो, “यदि मेक्सिकोले कार्टेलहरूसँग मद्दत चाह्यो भने हामी भित्र गएर त्यसो गर्न पाउँदा सम्मानित हुनेछौँ । मैले उहाँलाई त्यही भनेँ । म भित्र गएर यसो गर्न पाउँदा सम्मानित हुनेछु ।”

ट्रम्पले मेक्सिकोमा भन्सार शुल्क लगाउने तर्कका रूपमा प्रयोग गर्दै मेक्सिकोले आप्रवासी र लागुऔषध, विशेष गरी फेन्टानिल, संयुक्त राज्य अमेरिकामा तस्करी रोक्न पर्याप्त काम नगरेको लामो समयदेखि गुनासो गर्दै आउनुभएको छ ।उहाँले अमेरिकाको दक्षिणी छिमेकी ‘पूर्ण रूपमा अपराधिक कार्टेलहरूको प्रभुत्वमा छ जसले हत्या, बलात्कार, यातना दिन्छन्’ भनेर मार्चको सुरुमा मेक्सिकालीहरूलाई क्रोधित बनाउनुभएको थियो ।आइतबार ट्रम्पले सेनबामले गैर–राज्य सशस्त्र समूहहरूबाट प्रतिशोधको धम्कीमा सेनाको आफ्नो प्रस्तावलाई अस्वीकार गर्नुभएको दाबी गर्नुभयो । “मेक्सिकोका राष्ट्रपति एउटी प्यारी महिला हुनुहुन्छ तर उहाँ कार्टेलहरूबाट यति डराउनुहुन्छ कि उहाँ सिधै सोच्न पनि सक्नुहुन्न”, ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…