२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देशको विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला

२०८२, २५ बैशाख बिहीबार १४:००

काठमाडौँ । विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१४ स्थित छाप्रोभित्र अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् भने सिराहाको कल्याणपुर नगरपालिका-३ स्थित सडक छेउमा सोही नगरपालिका-२ चतरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया पनि मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रौतहटको माधवनारायण नगरपालिका-१ स्थित सडक पेटीमा राजपुर नगरपालिका-४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो, कपिलवस्तुको महाराजगंज नगरपालिका-१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया र कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ६० वर्षीय घुम्मन राना मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । बुधबार र बिहीबार भएका उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता