2026-07-28 11:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित

रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बन्नुभएको छ । यद्यपि, उहाँलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उहाँले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गर्नुभएको थियो ।

स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उहाँलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।

पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उहाँले भन्नुभयो, “समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।“

उहाँले भन्नुभयो, “हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस्।”

लियोको सम्बोधनमा दर्शकदिर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो । विशेष गरी पेरुमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

“उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ,” लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई सङ्केत गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ।

– ‘व्यापक सम्मान’ –

प्रिभोस्टको निर्वाचनलाई पेरूमा हर्षोल्लासका साथ स्वागत गरिएको छ । ।संयुक्त राज्य अमेरिकाको शिकागोमा सन् १९५५ मा जन्मनुभएका उहाँले पेरूको उत्तरी शहर शिक्लायोमा बिशपका रूपमा सेवा गर्नुभएको थियो जहाँ उहाँलाई पेरूको नागरिकका रूपमा पनि सम्मान प्राप्त गर्नुभएको छ

न्युयोर्कको सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भन्नुभयो, “म हिँडिरहेको केही मिनेटमै आफूले उत्साह महसुस गर्न सकेकी छु। उहाँले लियो चौधौँलाई विश्वले एक सुधारकका रूपमा पाउनेछ ।”

विश्वका नेताहरूले २६७ औं पोपलाई स्वागत गर्दै भूराजनीतिक अनिश्चितताको समयमा विश्वव्यापी मुद्दाहरूमा चर्चसँग मिलेर काम गर्ने वाचा गरेका छन् ।

नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ साथै उहाँले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ ।

कार्डिनल प्रिभोस्टको रूपमा नयाँ पोपले गरिब र विपन्नहरूको बचाउ गर्नुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिहरूको आलोचना गर्ने लेखहरू अनलाइनमा पुनः पोस्ट गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्नुभएको छ ।

’हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,” ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेख्नुभएको छ ।

“उहाँ पहिलो अमेरिकी पोप बनेको महसुस गर्न पाउनु गर्वको कुरा हो। यो हाम्रो देशको लागि निकैे ठूलो सम्मान र उत्साह भएको छ।”

लियो चौधौं को निर्वाचन गर्न कति मत खसेको थियो भन्ने सार्वजनिक रूपमा जानकारी गराइने प्रचलन छैन, तर सम्मेलनले पछिल्ला इतिहासलाई पछ्याउँदै दुई दिन भन्दा कम समयमा निर्वाचन प्रक्रिया समाप्त गरेको छ । निर्वाचनको विवरण सधैंका लागि गोप्य रहने भए तापनि नयाँ पोपले निर्वाचित हुनका लागि कम्तीमा दुई तिहाइ मत प्राप्त गर्नुपथ्र्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला