२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

२०८२, ३० बैशाख मंगलवार ११:३९

काठमाडौँ | दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारहरुलाई सम्मान गरिएको छ ।

खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो । आयोजकका अनुसार सुरुआती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सको अनुहार भनिन्छ ।

सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो ।

महोत्सव कोरियाका तीन प्रमुख अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो । २६औँ जोओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवकामा विश्वभरबाट दुई हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू नौ हजार १४८ कथानक चलचित्रहरू र ७६ छोटा चलचित्रहरू) प्रदर्शन गरिएका थिए । तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुआत र समापनको विशेष शो प्रदान गरिएको थियो ।

दश दिन चलेको महोत्सवमा सुरुआती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेसिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको शो पाएको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष मिन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताउनुुभयो । सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तरराष्ट्रियजगत्मा बढेको कवि खत्रीले बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश