2026-09-26 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत-चिन सिमा विवाद-चीनले आफ्नो दाबी गर्दै आएको स्थानको नाम परिवर्तन,भारतको विरोध

भारतले आफ्नो सीमा भित्रका केही स्थानहरूलाई चीनले आफ्नो दाबी गर्दै ती भू–भागहरूको नाम परिवर्तन गर्ने कदमलाई अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लि जियानले बुधबार पत्रकार सम्मेलनमा भारतको अरुणाञ्चल प्रदेशभित्र पर्ने केही भूभागहरूको नाम परिवर्तन गरी एकरुपता बनाइएको बताएका थिए । चीनले ती भू–भागहरू चीनको सम्प्रभूताअन्तर्गत पर्ने पनि बताए । चीनले भारतको अरुणाञ्चल प्रदेशलाई जंगनान भनेर सम्बोधन गर्छ र उसले यसलाई स्वःशासित प्रदेश तिब्बतको एक अभिन्न भाग मान्दै आएको छ ।

“नामकरणले अकाट्य तथ्य र यथार्थ परिवर्तन गर्न सकिँदैन । अरुणाञ्चल प्रदेश भारतको अभिन्न र अविच्छिन्न हिस्सा थियो, छ, र सधैँ रहनेछ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार भने ।

गत वर्ष अप्रिलमा पनि चीनले यस्तै कदम चाल्दै अरुणाञ्चल प्रदेशका करिब ३० स्थानको नाम परिवर्तन गरेको थियो, जसलाई भारतले अर्थहीन भन्दै खारेज गरेको थियो र उक्त क्षेत्र भारतको अभिन्न हिस्सा हो भन्ने कुरामा जोड दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह