2026-09-26 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुस–युक्रेन वार्तामा प्रगति भएमा टर्की जान सक्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उहाँ अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताउनुभएको छ ।

“तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु”, ट्रम्पले कतारमा भन्नुभयो, “हामी विश्वलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्न सक्छौँ । त्यसैले हामीलाई लाग्छ कि हामी रुस/युक्रेनसँग राम्रो गर्न जाँदैछौँ ।”

उहाँले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आएमा वार्ताका लागि टर्की जाने बताउनुभएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई आउन उहाँ शान्तिका बारेमा गम्भीर रहेको छु भन्ने प्रमाणित गर्न आह्वान गरेको भए पनि रूसले त्यसको सट्टा कनिष्ठ प्रतिनिधिमण्डल पठाउँदैछ ।

पुटिन अनुपस्थित हुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भन्नुभयो, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ ?”

पदभार सम्हालेपछि ट्रम्पले तुरुन्तै युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको थियो तर रूसले युक्रेनले समर्थन गरेको ३० दिनको बिना शर्त युद्धविरामको अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको थियो ।

युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्ध सुधारिएको भए पनि कतारमा फेरि ट्रम्पले जेलेन्स्कीका बारेमा हेपेर बोल्नुभयो । जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अर्बौं डलर सैन्य सहायता प्राप्त गर्न नजिकबाट काम गर्नुभएको थियो ।

“मलाई लाग्छ उहाँ सायद इतिहासकै सबैभन्दा महान् सेल्समेन हुनुहुन्छ”, ट्रम्पले जेलेन्स्कीको बारेमा भन्नुभयो । जेलेन्स्कीको फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तनावपूर्ण भिडन्त भएको थियो ।

आफ्नो प्रशासनले कसरी युक्रेनलाई सैन्य सहायता कटौती गरेको छ भनेर उल्लेख गर्दै ट्रम्पले भन्नुभयो, “यो यति सजिलो थियो, बच्चाबाट क्यान्डी लिनु जस्तै ।”

अमेरिकी राष्ट्रपति तीन राष्ट्रको खाडी भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ बिहीबार पछि संयुक्त अरब इमिरेट्स पनि जाँदै हुनुहुन्छ ।

ट्रम्पले यो यात्राले टर्की जान ‘धेरै कठिन’ बनाएको बताउनुभयो । यद्यपि उहाँले विदेशमन्त्री मार्को रुबियो त्यो देशमा गएको बताउनुभयो । “उहाँले अद्भुत काम गरिरहनुभएको छ । मार्को त्यहाँ हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह