१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कान्स फिल्म फेस्टिभलमा टम क्रुजको विशेष चर्चा,३ मिनेट लामो पानीमुनिको स्टन्टले सबै ध्यान खिचेको

३ जेष्ठ २०८२, शुक्रबार १४:५७

काठमाडौँ । हलिउड सुपरस्टार टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल: द फाइनल रेकोनिङ’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मजगतको ध्यान खिचेको छ। नेपाली समयअनुसार बुधबार राति आयोजित प्रिमियरमा टम क्रुजले फिल्ममा गरेको साहसिक स्टन्ट फेस्टिभलको आकर्षण बनेको थियो । फिल्ममा रहेको टम क्रुजको ३ मिनेट लामो पानीमुनिको स्टन्ट विशेष चर्चाकाे विषय बन्याे । ६२ वर्षे क्रुजले यो जोखिमपूर्ण दृश्य गरेकामा उनी प्रशंसाको पात्र बने ।

अन्तर्राष्ट्रिय मिडिया भेराइटीका अनुसार क्रुजको फिल्मले प्रिमियरपछि ५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको थियो । कान्स फेस्टिभलको दोस्रो दिन ‘टम क्रुज दिवस’ झैं बनेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । क्रुजको यो फिल्म मिसन इम्पोसिबल फ्रेन्चाइजको अन्तिम सिक्वेल भएकाले पनि दर्शकका लागि उच्च प्रतीक्षित थियाे ।

फिल्ममा रेड कार्पेटमा क्रुजसँगै फिल्मका निर्देशक क्रिस्टोफर म्याक्क्वारी र अन्य शीर्ष कलाकारहरूको उपस्थिति थियो । क्रुजले यो फिल्मले अघिल्ला सिक्वेल जस्तै बक्स अफिसमा रौनक ल्याउने दाबी गरे । उनले भने, ‘मिसन इम्पोसिबलको यो आठौं श्रृंखलाले बक्सअफिसको रौनक फेरि ल्याउनेछ।’ फिल्लमा क्रुजले आईएमएफ एजेन्ट ‘इथन हन्ट’ को भूमिका निर्वाह गरेका छन् । यो सिक्वेल १७० मिनेट लामो बनेको बताइएको छ । छिमेकी राष्ट्र भारतमा यो फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नेपालमा भने मे २३ देखि फिल्म प्रदर्शनमा आउने चर्चा छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ