2026-09-26 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरकको उपचार सेवा बन्द भएको घोषणा गरेको छ ।

सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पताललाई गम्भीर क्षति पु¥याएको पुष्टि गर्दै हाल सेवाहरु बन्द गरेको जानकारी दिनुभएको छ ।

टेड्रोसले खान युनिशस्थित अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार, गाजाको कुनै पनि ठाउँमा उपलब्ध नभएको उल्लेख गर्नुभएको छ ।

यसले अत्यावश्यक स्वास्थ्य सेवाको पनि अभाव भई स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भएकाले अस्पतालहरूको सुरक्षा गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि यसको परिणामका बारेमा चेतावनी दिँदै समाजिक सञ्जाल एक्समा उक्त अस्पताल अबुध रोगको उपचारसमेत भएको गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको जानकारी दिनुभएको छ ।

गाजामा बाँकी रहेका अधिकांश अस्पतालहरू आंशिक रूपमा मात्र सञ्चालनमा रहेको तथा निरन्तर क्षमताभन्दा बढी काम गरिरहेको सङ्गठनले जनाएको छ । उहाँले स्वास्थ्य सुविधाहरूमा बारम्बार भएको आक्रमणले इजरायलले गाजालाई कसरी विनास गरिरहेको छ भन्ने कुराको अर्को प्रमाण भएको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह