2026-09-26 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताउनुभएको छ ।

रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “वातावरण बनेमा म यहाँबाट टर्कीए जानेछु । जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोशिस गरिरहेका छौँ ।”

तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक रुस–युक्रेन शान्ति वार्तामा सहभागी हुन आफू टर्कीए जान इच्छुक रहेको ट्रम्पले बताउनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीको भ्रमण गरे पनि रुसी समकक्षीले आमनेसामने वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेपछि आफू वार्तामा सहभागी नहुने बताउनुभएको थियो ।

जेलेन्स्कीले पुटिनलाई आफू शान्तिप्रति गम्भीर रहेको प्रमाणित गर्न प्रत्यक्ष वार्ता गर्न चुनौती दिनुभएको थियो ।

पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणपछि पहिलो पटक प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको थियो तर रुसले निम्न स्तरको प्रतिनिधिमण्डल पठाएको थियो ।

पुटिनलाई भेट्नुको महत्त्वमा ट्रम्पको जोड पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको अडानको ठीक विपरीत छ । उहाँले केवल युक्रेनले मात्र आफ्नो भविष्यको लागि वार्ता गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह